Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

हवाई डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ९७ भएको पुष्टि



file -photo

लस एन्जलस, संयुक्त राज्य अमेरिका । अमेरिकाको हवाई राज्यको माउइ राज्यमा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ११५ बाट घटाएर ९७ मा झारिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । माउईका प्रहरी प्रमुख जोन पेलेटियरले शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गरी मृतकको सङ्ख्यामा कमी आएको घोषणा गरेको राज्यको प्रमुख स्थानीय समाचार संस्था हवाई न्यूज नाउले जनाएको छ ।

अधिकारीहरूले ‘अवशेषहरूको सूचीकरण गर्ने कठिन प्रयासको बीच’ मृतकहरूको सङ्ख्या समायोजन गरेका छन् । “मृतकमध्ये धेरको प्ररा शरिर छैन र केहीको मृत शरिर खराब अवस्थामा छन्,” रिपोर्टमा भनिएको छ ।

अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “भेटिएका अवशेषको डिएनए विश्लेषणले केही अपूर्ण मृत शरिरहरूलाई एउटै भएको पुष्टि गरेपछि मृत्युहुनेको सङ्ख्यामा संशोधन गरिएको हो ।

‘डिफेन्स पीओडब्ल्यू÷एमआईए एकाउन्टिङ एजेन्सी’का प्रयोगशाला निर्देशक जोन बर्डले भने, “पहिलेको सङ्ख्या अनुमानमा आधारित थियो, जसमा शवगृहमा पठाइएका शरीरका झोलाहरूको सङ्ख्या पनि समावेश थियो । साथै, पानीमा भेटिएका गैर–मानव अवशेषहरू पनि यसपहिले गणनामा समावेश थिए ।

तीमध्ये ७४ जनाको आधिकारिक पहिचान भइसकेको र पहिचान हुन नसकेकाको सङ्ख्या ३१ मा झरेको प्रतिवेदनमा उल्लेख छ । अधिकारीहरूले गत हप्ता विनाशकारी डढेलोपछि ६६ जना अझै हराइरहेको बताएका थिए । अगष्ट ८ मा सुरु भएको डढेलो माउईको ऐतिहासिक शहर लाहैनामा फैलिएको थियो ।
अधिकारीहरूले यस डढेलोका कारण कम्तीमा ११५ जनाको मृत्यु भएको घोषणा गरेका थिए, जसले गर्दा हवाईको इतिहासकै सबैभन्दा भयानक प्राकृतिक प्रकोप र एक शताब्दीयताकै सबैभन्दा घातक अमेरिकी डढेलोमध्ये एक भएको थियो । (रासस/सिन्ह्वा)

 


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक