Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

कर्णाली सरकारले किसानलाई प्रोत्साहन गर्न १७ प्रकारका अनुदान दिने



भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेश सरकारले किसान प्रोत्साहन गर्नका लागि यो वर्ष १७ प्रकारका अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम अन्तर्गत १ अनुदान दिन लागिएको हो ।

अनुदानका पाउनका लागि कृषि व्यवसायमा लागेका समूह, कृषि सहकारी, उद्यमी र निजी फर्म सञ्चालन गरिरहेका किसानहरूले आवेदन दिन सक्ने प्रदेश कृषि निर्देशनालयले जनाएको छ । निर्देशनालयले लक्षित वर्ग आयआर्जन कार्यक्रम अन्तर्गत दलित महिला र पछाडि पारिएका वर्गका लागि कृषि अनुदान प्रदान गरिने उल्लेख गरेको छ ।

कृषि अनुदान अन्तर्गत अपाङ्गता भएका व्यक्ति लक्षित आयमूलक कार्यक्रम, दलहन बालीका प्रवद्र्धन कार्यक्रम तथा उन्नत बीउलगायतमा अनुदान दिनेछ । व्यवसायमा उत्पादनमा आधारित प्रोत्साहन अनुदान, खाद्यन्न बाली बीऊ उत्पादन कार्यक्रम, मौरी पालन, च्याउखेती उत्पादन प्रवद्र्धन कार्यक्रममा समेत अनुदान दिइने प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।

उनका अनुसार निर्देशानलयले जग्गा भाडा तथा विद्युत् महसुलमासमेत अनुदान दिने छ । बेरोजगार कृषि प्राविधिकको छनोट, अभिमुखिकरण तथा लागत सहभागितामा समेत अनुदान दिइने उनले जानकारी दिए ।

अनुदान पाउनका लागि संस्था तथा फर्म दर्ता भएको हुनुपर्ने, कृषि व्यवसाय गर्ने अनुसुचि अनुसारको विवरण लगायतका कागजात चाहिने निर्देशनालयको सूचनामा उल्लेख छ ।


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक