Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

अभिनवको २५९ औं काव्यशृङ्खला सम्पन्न



काठमाडौं । अभिनव साहित्य समाजको मासिक नियमित कार्यक्रमअन्तर्गत शनिबार मोतीजयन्ती, तीज विशेष, पुस्तक विमोचन तथा रचनावाचन कार्यक्रम विमल अर्याललको अध्यक्षतामा भैरव स्मृति भवन जोरपाटीमा सम्पन्न भएको छ ।

प्रमुख आमन्त्रित खोलाघरे साहिंलो, आमन्त्रित तिलकप्रसाद लुइँटल र रामबहादुर पहाडी रहेको उक्त कार्यक्रममा मेनका पोख्रेलले सहभागी सबैलाई मन्तव्यसहित स्वागत गरेकी थिइन् ।

कीर्तिशेष साहित्यकार मोतीराम भट्ट ,भैरव अर्याल र वासुदेव लुइँटेलहरूका तस्वीरमा सामुहिक माल्यार्पण गरेर आरम्भ गरिएको कार्यक्रममा कवि ओमप्रसाद कोइराला, रामचन्द्र दाहाल, ठाकुरप्रसाद, बद्रीप्रसाद सुवेदी, नारायण नेपाल, बाजुराम पौडेल, बुद्धिसागर पौडेल, राजेशमान केसीले कविता वाचन गरेका थिए ।

सो कार्यक्रममा कवि तथा गजलकार खोलाघरे साहिंलाको ‘पत्तासाफ’ गजलसंग्रह विमोचन गरिएको थियो भने कार्यक्रमको सञ्चालन अभिनव साहित्य समाजका सहसचिव शारदा पराजुलीले गरेका थिए ।


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक