back

तीजपर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै

वि.सं.२०८० असोज १ सोमवार

393 

shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताएकी छन् ।

हरितालिका तीजको शुभकामना दिँदै उनले यस्ता पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्स व्यक्त गरेकी छन् ।

नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीजको रहेको भन्दै देश तथा विदेशमा रहेकाच सम्पूर्ण दिदी–बहिनीहरूमा सुख, शान्ति र सौभाग्यको शुभकामना व्यक्त गरेकी छन् ।

“सामाजिक वातावरण जीवन्त राख्न्, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमालाई सदा उच्च राख्नु पर्दछ”, शुभकामना सन्देशमा उनले भनेकी छन् “तीजजस्ता पर्वहरू मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनले हाम्रा चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिका बनाउन सक्दछ ।”

उनलेहाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा हामी सबै क्रियाशील रहन आवश्यक रहेको बताएका छन् ।

 

वि.सं.२०८० असोज १ सोमवार १०:०० मा प्रकाशित

कीर्तिपुरमा झिनो मतान्तरले काँग्रेस विजयी

कीर्तिपुरमा झिनो मतान्तरले काँग्रेस विजयी

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काँग्रेस...

अन्नपूर्ण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी

अन्नपूर्ण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी...

प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनामाथि...

उपनिर्वाचनमा ठूला दलकै वर्चश्व

उपनिर्वाचनमा ठूला दलकै वर्चश्व

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्ष...

उपनिर्वाचनः बाँकी चार स्थानको नतिजा आजै आउने

उपनिर्वाचनः बाँकी चार स्थानको नतिजा आजै आउने

काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको...

कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने

कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विभिन्न प्रदेशका कृषि...