
काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमाा ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
बोर्डले आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेमा कम्पनीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।