Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

तीजकाे अवसरमा शिवालयहरुमा बिहानैदेखि महिलाको भीड



भक्तपुर । हिन्दू महिलाहरुको महान पर्व हरितालिका (तीज)का अवसरमा यहाँका प्रमुख शिवालयमा आज बिहानैदेखि महिलाहरुको भीड लागेको छ ।

ब्रम्हा, विष्णु र महेश्वरको स्वरुप मानिने भक्तपुरको दत्तात्रय मन्दिरमा आज बिहानैदेखि महिलाहरुको भीड लागेको छ । दुई किलोमिटर लामो दर्शनार्थीको लाइन लागेपछि मेला व्यस्थापन समितिले लाइन नमिचियोस् भनेर महिलाहरुका लागि टोकनको व्यवस्था गरेको छ ।

नेपाल स्काउट, स्थानिय क्लब र महिला सङ्घ–सङ्गठनले स्यंमसेवका रुपमा कार्य गरिरहेका छन् । विभिन्न स्वास्थ्य संस्थाहरुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । जिल्लाका एम्बुलेन्सलाई मन्दिर परिसरमै तयारी अवस्थामा राखिएको छ भने व्यापक प्रहरी परिचालन गरेर सुरक्षाको व्यवस्था मिलाइएको छ । मन्दिर परिसरमा दर्शनार्थी महिलाको भीड लाग्नुको साथै महिलाहरुले विभिन्न समूहमा नाचगान गरी तीज मनाइरहेका छन् ।

त्यसैगरी आजै सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि महिलाहरुको भीड लागेको छ । केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ ।

आज बिहानैदेखि मन्दिरमा महिला दर्शनार्थीको भीड लागेको मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए । ब्रतालुका लागि लक्षित गरि स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको उनले जानकारी दिए ।

सिपाडोल कै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पुरा हुने जनविश्वास रहेको आशापुरी महादेव मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ । डोलेश्वरमा दर्शन गर्नेहरु आशापुरी जाने गरेकाले दुवै मन्दिरमा दर्शनार्थीको भीड लागेको हो ।

त्यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव मन्दिर, सोमलिङ्गेश्वर महादेव, चरखण्डिश्वर महादेव, वडा नं ४ स्थित अनन्तलिङेश्वर महादेव, वडा न ५ को सुवर्र्णेश्वर महादेव, वडा नं १० चित्तपोलमा रहेको साँगास्थित अग्लो कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, चाँगुनारायणको यातु महादेव, चाँगुनारायण मन्दिरहरुमा दर्शनार्थीको भीड लागेको छ ।

तीज पर्वमा महिलाहरुले आज निराहार ब्रत बसी आफ्ना पति, घर परिवारको लामो आयु, सुख, सम्वृद्धिको कामना गर्दै साँझ महादेव मन्दिरमा दर्शन गर्ने र नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक