
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा २ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।
आज तेजावी सुन पनि तोलामा २ सयले बढेर प्रति तोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य ९६ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।