back

अनेसास कविता महोत्सव : संसारभरबाट ३०१ कविले पठाए कविता

वि.सं.२०८० असोज २ मंगलवार

198 

shares

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आव्हान गरेको कविता महोत्सवमा ३ सय १ कविको कविता प्राप्त भएका छन् । राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीका अवसर पारेर आगामी आइतबार असोज ७ का दिन जूममार्फत आयोजना गरिने उक्त महोत्सवमा दोस्रो चरणमा छानिएका करिव पाँच दर्जन कविले कविता वाचन गर्नेछन् ।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाका अनुसार तीनजना निर्णायकले प्रदान गरेको नम्बरका आधारमा प्रथम, दोस्रो र तीन जनालाई तेस्रो पुरस्कार प्रदान गरिने छ । ५ सय, तीन सय र दुई–दुई सय नगद र प्रमाण–पत्र रहेको कविता महोत्सवको यो तेस्रो संस्करण हो ।

अनेसास वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेका अनुसार अनेसास सचिवालयको बैठकले तीनजना निर्णायक चयन गरिसकिएको र कार्यक्रमको दिन निर्णायकलाई सार्वजिन गरिने छ ।

महासचिव विमला निरौलाले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने सम्पूर्ण तयारी पूरा भइसकेको र प्रतियोगी कविहरूलाई वाचनका लागि निम्तो पठाउने र नाम सार्वजनिक गर्ने काम भइरहेको बताइन् । पुरस्कार दाताहरूले प्रायजसो पुरस्कारको रकम प्रायोजन गरिदिएकाले केन्द्रलाई आर्थिक सहजता भएको कोषाध्यक्ष निजानन्द मल्लले बताए ।

वि.सं.२०८० असोज २ मंगलवार १५:१६ मा प्रकाशित

मुक्तक

मुक्तक

बिटु केसी,सुर्यविनायक, भक्तपुर १. सजाउन जाने सम्बन्ध फूल हो नजान्दा...

हाइकु

हाइकु

म्यामराज राई हतुवागढी -६, होम्ताङ्, भोजपुर (हाल - जापान) १...

लघुकथा : पागल

लघुकथा : पागल

होम प्रसाद नेउपाने, धरान,सुनसरी आज शनिबार । कोठामा घोत्लिएर बसिरहेको...

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कलानिधि दाहााल,काठमाडौं आँधी उठाएर अलिकति तूफान पोको पारेर निकै नै...

कविता : सामवेदको स्वर

कविता : सामवेदको स्वर

राजेन्द्रकुमार बज्राचार्य कोटेश्वर, काठमाण्डौ सात थरी रहे कस्ता, छन् सामवेदको...

कोपिला

कोपिला

गिरिराज डल्लाकोटी,चितवन १. बिनाअर्थ डराउनेहरू हुन्छन् एउटाले लगाइदियोभने स्यालहुइँया पछिपछि...