back

उन्नाइसौँ एशियाली खेलमा सहभागी हुने एपिएफका खेलाडीको बिदाइ

वि.सं.२०८० असोज २ मंगलवार

231 

shares

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औँ एशियाली खलकुद प्रतियोगिता’अन्तर्गत महिला ह्याण्डबलमा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियललगायत बक्सिङ खेलमा सहभागि हुने खेलाडीहरुलाई आज बिदाइ गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा आज आयोजित एक समारोहका बीच उहाँले खेलाडीहरुलाई बिदाइ गरेका हुन् ।

यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्गझाओ सहरमा सञ्चालन हुने एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलतर्फ क्याप्टेन बन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागी हुने एपिएफका चार जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई बिदाइ गरिएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा पु¥याउने मात्र नभई समग्र राष्ट्रकोसमेत पहिचान झल्काउने भएकाले सहभागी सम्पूर्ण खेलाडीबाट अनुशासित तवरले खेल प्रदर्शन गर्न आग्रह गरे । उनले राष्ट्र र समग्र जनताले खेलाडीबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको पनि बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, नेपाल ह्याण्ड बल सङ्घका अध्यक्ष विश्व वम मल्ल तथा सङ्घका अन्य पदाधिकारीकोसमेत उपस्थिति रहेको थियो ।

 

वि.सं.२०८० असोज २ मंगलवार २१:०१ मा प्रकाशित

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

चितवन । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी...

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

कास्की । पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय...

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

काठमाडौँ । फिफा विश्वकप छनोट २०२६ र एसियन कप २०२७...

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौँ । आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि...

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

सिमकोट, (हुम्ला) । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि...

महिला टी-२० सिरिजमा जापानलाई हराउँदै नेपाल तेस्रो

महिला टी-२० सिरिजमा जापानलाई हराउँदै नेपाल तेस्रो

काठमाडौँ । चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो...