back

बागलुङको सहेला फाँटमा कागतीखेती

वि.सं.२०८० असोज ४ बिहीवार

246 

shares

बलेवा (बागलुङ) । तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीलाई कागती टिप्न भ्याइनभ्याइ छ । बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका लागि व्यस्त हुने किसान हिजोआज कागती टिप्न तथा बजार पु¥याउन व्यस्त छन् । दिन दुई गुना र रात चौगुना गर्दै हुर्किरहेका बिरुवाले फल दिन थालेपछि किसान खुसीले दङ्ग छन् ।

बागलुङ नगरपालिका–१२ अमलाचौरको सहेँला फाँटमा जग्गा रहेका बागलुङ–१४ अर्माहका ४३ किसानको आशाको बारी हो सहेँलाको फाँट । चासो कृषक समुहमा आबद्ध उनीहरुले आफ्नै मेहनतले फल्ने फलबाट समृद्धिको सपना देखेका छन् । “पहिलो चरणमा दुई सय किलो कागती टिपेर बिक्री गरियो, अनौठो अनुभव भइरहेको छ”, समूहका अध्यक्ष केशवप्रसाद सुवेदीले भने, “पहिलो उत्पादन स्थानीय बजारमै खोसाखोस भयो ।”

सयौँ मुरी धान हरेक वर्ष फल्ने खेतमा किसान कागतीबाट कृषिमा प्रगति खोजिरहेका छन् । रु २० लाख लगानीबाट सुरु भएको कागतीको व्यावसायिक खेतीमा रु एक करोड रुपैयाँ भइसकेको छ । तीन सय रोपनीभन्दा धेरै जमिनमा चार हजार बिरुवा हुर्किरहेका छन् । तीन वर्ष समय खर्चेर लगाइएका बिरुवामध्ये एक तिहाइ बिरुवा फल दिन थालेको सुवेदीले बताए ।

अनुदान र सहयोगका लागि सरकारी निकाय त्यहाँ पुगेका छन् । जिल्लाभित्र र बाहिरबाट किसान तथा प्राविधिकसमेत आउने गरेको समूहका अध्यक्ष सुवेदी बताउछन् । सरकारी अनुदानमा आशा नराखी आफैले लगानी गरेर व्यावसायिक खेती थालेका किसानले पछिल्लो पटक सरकारी निकायको साथ पाउन थालेका छन् । रु एक लाख बिरुवाको ढुवानीका लागि अनुदान दिएको नगरपालिकाले रु तीन लाख खर्चेर फार्मसम्म पुग्ने सडक बनाइदिएको छ ।

हरेक वर्ष रु चार करोडको कागती उत्पादन गर्ने लक्ष्यका साथ व्यावसायिक खेती थालेका किसानले फल्न थालेको एक वर्षमा नै लगानी उठाएर मुनाफा कमाउने सुवेदीले बताए । समूहमा आबद्ध रहेका किसानलाई प्रतिरोपनी रु पाँच हजारका दरले समूहले वार्षिक भाडा दिने गरेको छ । कागती फार्म सञ्चालनमा रहेको जग्गाका धनीहरुलाई नै समूहको सदस्य बनाइएको छ । समूहमा सबै सदस्यले समान लगानी गरेको सुवेदीले बताए ।

 

वि.सं.२०८० असोज ४ बिहीवार १३:२८ मा प्रकाशित

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ-हर्मिचौर खण्डको...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...