back

लिबिया बाढी : त्रिचालिस हजार विस्थापित

वि.सं.२०८० असोज ४ बिहीवार

39 

shares

काठमाडौँ   (डेर्ना (लिबिया)। लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना शहरमा हजारौंको मृत्यु भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम)ले बिहीबार जनाएको छ ।

“उत्तरपूर्वी लिबियामा बाढीबाट करिब ४३ हजार ५९ जना विस्थापित भएका छन्,” आईओएमले सार्वजनिक गरको विज्ञप्तिमा भनिएको छ, “पानीलगायत दैनिक उपभोग्य सामग्रीको अभावले धेरै मानिस डेर्नाबाट विस्थापित भएका छन् ।

अघिल्लो आइतबार ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको सहायताकर्मीहरूले बताएका थिएभने डेर्ना नगरका प्रमुख अब्दुलमेनम अल–गैथीधचले नगरको जनसङ्ख्याका आधारमा १८ देखि २० हजार मानिसको मृत्यु भएको बताएका थिए ।

ड्यानियल आँधीसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो ।(रासस /एएफपी)

 

वि.सं.२०८० असोज ४ बिहीवार १६:३५ मा प्रकाशित

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टिकटक सम्बन्धि दियाे यस्तो निर्देशन

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टिकटक सम्बन्धि दियाे यस्तो निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी...

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ...