back

काठमाडौँ महानगरले चेतावनी दिएपछि शिक्षक–कर्मचारीले गरे सडकमै हाजिर

वि.सं.२०८० असोज ४ बिहीवार

171 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा नजान र गयल भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएपछि शिक्षक–कर्मचारीले कानुनीरूपमा बच्ने र आन्दोलनलाई पनि साथ दिने बाटो रोजेका हुन् । महासङ्घको काठमाडौँ महानगपालिका समितिका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले महानगरका प्रधानाध्यापकहरूको संयुक्त बैठकले आन्दोलनमा सहभागी हुने र सडकै हाजिर गर्ने निर्णय गरेको जनाए । उनीहरूले आन्दोलनका कारण क्षति भएको पढाइ अतिरिक्त कक्षाहरूबाट पूर्ति गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाउँदै महासङ्घले यही असोज ३ गतेदेखि काठमाडौँ सडक केन्द्रित आन्दोलन थालनी गरेको हो ।

महासङ्घले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बालकक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।

 

वि.सं.२०८० असोज ४ बिहीवार १९:३७ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

कांग्रेस महासमिति बैठक : एक हजार ६३ जनाको हस्ताक्षसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...