back

भ्रष्टहरुको जटिल संजाल नै सुशासनको चुनौती- नारायणकाजी श्रेष्ठ

वि.सं.२०८० असोज ४ बिहीवार

135 

shares

काठमाण्डौ । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टहरुको जटिल संजाल नै सुशासनको चुनौती भएको बताएका छन ।

नेपाल बुद्धिजीवी संगठन केन्द्रीय समितिद्धारा बुधवार आयोजित ‘भ्रष्टाचार बिरुद्ध सुशासन प्रवर्धनका चुनौती ’ विषयक विचार गोष्ठीलाई उदघाटन गर्दै राजनीति, कर्मचारीतन्त्र र दलालीतन्त्रको जटिल संजाल नै शुसासन प्रवर्धनको चुनौती रहेको उनले बताएका थिए । उनले समृद्धिको प्रमुख आधार शुसासन भएकाले लक्ष्यप्राप्तिका लागी सरकार बिचलित नहुने बताउदै सुशासन,समृद्धि र सामाजिक न्यायको बाटोमा अडिग रहने प्रतिबद्धता समेत दोहोयाएका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथी रहेका नेकपा (माओवादी केन्द्र) का सचिव दीनानाथ शर्माले जनताले राजनैतिक दलहरु सच्चिएको देख्न चाहेकोले नेकपा ( माओवादी केन्द्र) हरेक मोर्चाबाट सच्चिने प्रण गरेको बताएका थिए ।

सो संगठनका केन्द्रीय संयोजक कृष्णराज केसीको अध्यक्षता र सहसंयोजक नीलकण्ठ तिवारीको संचालनमा शुरु गरीएको बिचार गोष्ठीमा नेकपा (माओवादी केन्द्र) का नेता तथा सगठनका ईन्चार्ज खीमलाल देवकोटाले भ्रष्टाचार बिरुद्ध सुशासन प्रवर्धनका चुनौती बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा टिप्पणीकार रहेका वरीष्ठ पत्रकार किशोर नेपालले बंश र ब्यबस्था फेरीएर प्रवृति र अवस्था नफेरीने बताउएका थिए भने प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले भ्रष्टाचार बिरुद्धको कारवाहिमा असमान अनुभुति नहुनुपर्ने सुझाव दिएका थिए । नेपाल बुद्धिजीवी परीषदका अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले माक्र्सवादीहरु भनिएका पनि भ्रष्टाचारमा लिप्त रहेको स्विकार्दै जनताको मन जित्ने राज्यप्रणाली खोज्नेतर्फ जोड दिएका थिए भने प्रा डा संगीता भण्डारीले स्वास्थ प्रशासकको आफनो अनुभुति सहित नीतीगत भ्रष्टाचारका बारेमा प्रभावकारी छानवीनको प्रसंग उल्लेख गरेकी थिईन ।

कार्यक्रममा टिप्पणीकार रहेका शुसासन विज्ञ सोमत घिमिरेले शुसासनको दायरा भ्रष्टाचारमा मात्र सिमित नहुने बताउदै मानसिकता, संरचना र प्रतिफल पनि शुसासनमा जोडिने धारणा राखेका थिए भने नेपाल बुद्धिजीवी परीषद (समाजवादी) का वरीष्ठ उपाध्यक्ष सिताराम घलेले दलभित्र र न्यायप्रणालीभित्रको सुद्धिकरणमा जोड दिएका थिए । अर्का टिप्पणीकार नेपाल राष्ट् बैकका निर्देशक दिपक लामिछानेले जनचेतनाले मात्र शुसासन नआउने बताउदै प्रणाली र संरचनामै खोजी हुनुपर्ने धारणा राखेका थिए ।

खिमलाल देवकोटाद्धारा प्रस्तुत सो कार्यपत्रमा शुसासनका चुनौतीहरु, चुनौती सामना गर्ने उपाय, बिध्यमान कानुनी ब्यबस्थाहरु, भ्रष्टाचार नियन्त्रण तथा शुसान अभियानमा दलहरुको भुमिका र कार्यभार, खर्चिलो निर्वाचन प्रणाली तथा सरकारले गरेका प्रयास लगायतका बिषय उल्लेख छन ।

कार्यक्रमको अन्त्यमा संगठनका संयोजक कृष्णराज केसीले प्राप्त टिप्पणीहरुबाट कार्यपत्र थप परीमार्जित हुने बताउदै सबै अतिथि, पत्रकार तथा संगठनका सदस्यहरु एवं सहभागीहरुमा आभार ब्यक्त गरेका थिए ।

वि.सं.२०८० असोज ४ बिहीवार २०:२४ मा प्रकाशित

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन–माओवादी प्रवक्ता सापकोटा

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन–माओवादी प्रवक्ता सापकोटा

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले...

नेप्से परिसूचक सामान्य अङ्कको सुधार, आज कुन–कुन कम्पनीले गुमाए ?

नेप्से परिसूचक सामान्य अङ्कको सुधार, आज कुन–कुन कम्पनीले गुमाए ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...