
प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबर दोस्रो साता हुने ११ महाधिबेशन तथा विश्व सम्मेलनका लागि नर्वेबाट आइसीसी सदस्य राजु राजु अर्यालले युरोप उपसंयोजकमा उम्मेदवारी दिने जनाएका छन् ।
विगत १५ वर्षदेखि नर्वेको ओस्लोमा बसोबास गर्दै आएका अर्याल पेशाले पेट्रोलियम इन्जिनियरिङ क्षेत्रमा आवद्ध छन् । सन् २०१७ –२०१९ मा एनआरएनए नर्वेको महासचिव, सन् २०१९–२०२१ तथा २०२१–२०२३ मा अन्तरराष्ट्रिय समन्वय परिषद सदस्यको जिम्मेवारी सम्हालिसकेका शालीन ब्यक्तित्व तथा सामाजिक अभियन्ताको रूपमा समेत परिचित छन् ।
अर्यालले संघको युरोप क्षेत्रीय भेला २०२० को सदस्य सचिव तथा युरोप ज्ञान सम्मेलन २०२० को संयोजकको रुपमा रहेर समेत काम गरिसकेका छन् ।
विदेशमा सिकेको ज्ञान, सीप र लगानीलाई नेपालको बृहत्तर हितको लागि सदुपयोग गर्न आफूले २०२३–२५ कार्यकालका लागि युरोप उपसंयोजक पदमा उम्मेदवारी दिन लागेको उनले जानकारी दिए ।
“नर्वेमा रहेर मैले प्राप्त गरेको अनुभवलाई समेत यो अभियानमा सदुपयोग गर्न सकिन्छ भन्ने मैले विश्वास लिएको छु । सबैको साथ तथा सहयोगको अपेक्षा गरेको छु ।’ अर्यालले भने ।
आफू युरोप उपसंयोजक पदमा निर्वाचित भएमा संघको विधानमा उल्लेख भए अनुसार क्षेत्रीय सचिवालय स्थापना गर्न पहल गर्ने, ‘एक्शन ओरिएन्टेड’ नतिजा दिन प्रयास गर्ने तथा युरोप क्षेत्रका गतिविधिहरुको अभिलेखीकरण गर्न काम गर्ने प्रतिबद्वता अर्यालले जनाएका छन् ।
“म निर्वाचित भएँ भने युरोप क्षेत्रमा दोश्रो पुस्ताका युवा तथा महिलालाई संघको गतिविधिमा सामेल गर्न अधिकतम प्रयास गर्ने छु ।’ उनले भने ।
त्यस्तै युरोपमा कार्यरत नेपाली वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ताहरु, चिकित्सक, इन्जिनियर लगायत पेशेवरहरुको सीप, अनुभव र संजाल नेपाल स्थानान्तरण गर्न पेशागत पहल गर्ने उनले एक समारोहकाबीच चुनावी प्रचारको सन्दर्भमा अर्यालले मतदाता समक्ष आफनो स्पष्ट धारणा राख्दै सहायोगको लागी पूर्ण अपेक्षा राखेको बताए ।
वि.सं.२०८० असोज ४ बिहीवार २०:२० मा प्रकाशित