
प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) का आइसिसि सदस्य भीमसेन थापाले आसन्न ११ औ अधिवेसनमा युरोप उपसंयोजक(डिआरसी) मा उम्मेदवारी घोषणा गरेका छन् ।
संघको संगठनात्मक परिवर्तन गर्न, युवाहरुलाई एनआरएनमा व्यापक सहभागी गराउन, सँस्थामा परिवर्तन ल्याउन आफूले उम्मेदवारी दिएको थापाले बताउँदै उनले संघको विधान र मर्म अनुसार काम गर्ने बताएका छन् ।
थापाले बिगतमा भएका केही विवादित बिषय र अन्यौलतालाई ११ औ महधिवेशनमा यूवाहरुको व्यापक सहभागितामार्फÞत गैर आवासीय नेपालीहरूको जीवनस्तरमा परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा यूवाको अहंभूमिका रहनेमा जोड़ दिएका छन् ।
गैरआवासीय नेपालीहरुको सुख दुःखमा अहोरात्र खटी सेवा गर्ने थापा पोर्चुगलका सफल ब्यवसायी र सामाजिक अभियन्ताको रूपमा परिचित छन् । उनले हस्पिटालीटी क्षेत्र, कृर्षी क्षेत्र र कंट्रक्सन क्षेत्रमा युरोप र नेपालमा ठुलो लगानी गरी सेवा प्रदान समेत गरेका छन् ।
एनआरएन एनसिसि पोर्चुगलको कार्यसमिती सदस्य, उपाध्यक्ष हुंदै हाल आइसिसि सदस्य भएर सामाजिक कार्यसँगै आफ्नो ब्यावसाय गरिरहेका छन् थापा । उनले सबै अभियन्तालाई मिलाएर एकीकृत एनआरएनए बनाई प्रवासमा रहेका नेपालीहरुको हक हितमा कार्य गर्न आफ्नो उम्मेदवारी दिएको बताए ।
आफनो चुनाबी प्रचारको क्रममा थापाले अग्रजहरुको सम्मान गर्दै एनआरएन विधानको पद्धति, मर्म र भावना लाई प्राथमिकतामा राखी सेवा गर्ने अभिप्राय बाट प्रेरित भै उम्मेदवारी दिएको बताए । यस अभियानमा साथ दिन समस्त युरोपवासी नेपाली र एनआरएनए अभियन्ताहरु समक्ष पूर्ण सहयोग र समर्थनको लागी आग्रह गरेका छन् ।
यो अभियानमा युरोपवासिको सल्लाह सुझाव लिएर अगाडी बढ्ने जनाउदै डिआरसी पदको लागि आफू उचित उम्मेदवार भएको र आफु निर्वाचित भए पश्चात संघका सबै गतिविधिमा युवा र महिलालाई अग्रस्थान राखी प्रवासमा हुर्कंदै गरेको दोश्रो र तेश्रो पुस्तालाई नेपालसंग जोड्ने, प्रवासमा नेपाली भाषा, संस्कृति र कलाको प्रवर्द्धनमा बिशेष पहल गर्ने थापाको प्रतिबद्धता गरेका छन् ।
यस पटक आफुलाई साथ दिन सबै युरोपवासी नेपाली र अभियन्ता समक्ष थापाले विशेष आग्रह गरेका छन् । हाल उनी आफनो चुनावी प्रचारलाई तीव्र पार्न यूरोपका विभिन्न देशमा अभियान तिब्र पारेका छन् ।
वि.सं.२०८० असोज ४ बिहीवार २०:४२ मा प्रकाशित