Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

मोटरसाइकलको ठक्करबाट घाइते भएका पूर्वगृहसचिव सुवेदीको निधन



१२ वैशाख, काठमाडौँ । पूर्वगृहसचिव पद्मराज सुवेदीको ८० वर्षका उमेरमा अनामनगरमा जेब्रा क्रसिङ गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट आइतबार निधन भएको छ ।

सुवेदीको प्रातःकालीन भ्रमणका क्रममा बाटो काट्न खोज्दा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको उहाँका भतिजा दामोदर सुवेदीले जानकारी दिनुभयो । मोटरसाइकलले ठक्कर दिएपछि सुवेदीलाई नर्भिक अस्पताल र अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि लगिएकामा टाउकामा गम्भीर चोट लागेका हुनाले उमेरका कारण तत्काल शल्यक्रिया हुन नसकी मृत्यु भएको थियो ।

भोजपुर दलगाउँ–१ स्थायी घर भई हाल अनामगर निवासी सुवेदीको समाजसेवामा निकै रुचि थियो । उहाँ अनामनगर विकास समाजको संरक्षकसमेत हुनुहुन्थ्यो । सुवेदीको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको