back
CTIZAN AD

बहराइनमा जितुले खोले ‘इन्द्रेणी फेमली रेष्टुरेण्ट’

वि.सं.२०७४ वैशाख १२ मंगलवार

1.1K 

shares

indreni-family-restrauntबहराइनमा लामो समयदेखि बस्दै आएका नेपाली युवा जितु खड्काले इन्द्रेणी फेमली रेष्टुरेण्ट संचालनमा ल्याएका छन् ।
बहराइनको मनमास्थित एक्जीवेशन रोडमा खोलिएको उक्त रेष्टुरेण्टको बहराइनका लागि कार्यबाहक राजदूत खगराज पाण्डेले उद्घाटन गरेका थिए ।
अप्रिल २२ का दिन खोलिएको उक्त रेष्टुरेण्ट उद्घाटनका क्रममा बहराइनमा रहेका नेपाली संघ सस्थाका प्रतिनिधि, बुद्धिजीवि र व्यवसायीको उल्लेख्य उपस्थिति रहेको थियो ।
एकैपटकमा २५० जना बसेर खान मिल्ने उक्त रेष्टुरेण्टमा विभिन्न अवसरमा सभाहरु गर्नका लागि उपयुक्त ठाउँ रहेको तथा बहराइनबासी नेपालीहरुलाई नेपालकै होटलहरुमा बसेर खाएको अनुभुति दिलाउने बिश्वास गरिएको रेष्टुरेण्टका संचालक जितु खड्काले बताए ।
रेष्टुरेण्टमा विशेषत नेपाली, इन्डियन तथा अरबिक खानाहरु बन्ने बताइएको छ ।

वि.सं.२०७४ वैशाख १२ मंगलवार ०३:२० मा प्रकाशित