back

सिटिजन्स बैंकले गर्यो साधारणसभा आह्वान

वि.सं.२०८० असोज ५ शुक्रवार

39 

shares

काठमाडौं । सिटिजन्स बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले असोज २६ गते ११ बजे काठमाडौँको डिल्लीबजार स्थित अमृतभोगमा सभा आह्वान गरेको हो । यस संगै बैंकले दशैँ अगाडी नै लाभांश वितरण गर्ने भएको छ ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाखको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६ सय ५२ रुपैयाँ ९६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।

बैंकले देशभरका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४८ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

वि.सं.२०८० असोज ५ शुक्रवार १४:३७ मा प्रकाशित

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

एभरेष्ट बैंकको डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक भिडियो निर्माण

एभरेष्ट बैंकको डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक भिडियो निर्माण

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ‘डिजिटल साक्षरता’ अन्तर्गत वित्तीय चेतनामूलक...

माछापुछ्रे बैंकद्वारा नेपालमै पहिलोपटक नयाँ प्रविधिको सुरुवात

माछापुछ्रे बैंकद्वारा नेपालमै पहिलोपटक नयाँ प्रविधिको सुरुवात

काठमाडौं । माछापुछ्रे बैंकले नेपालमा पहिलोपटक नयाँ प्रविधिको सुरुवात गरेको...

नविल बैंकले मनायो नबिल एसएसइ कार्यक्रमको दोस्रो वर्ष

नविल बैंकले मनायो नबिल एसएसइ कार्यक्रमको दोस्रो वर्ष

काठमाडौं । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु...

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्ने

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुरको महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी...

बैतडीको पाटनमा पनि पुग्यो ग्लोबल आइएमई बैंक

बैतडीको पाटनमा पनि पुग्यो ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिका वडा नं....