
लुभेन, बेल्जियम । शुसासन अभियन्ता तथा पूर्वडिआइजी रमेश खरेललाई बेल्जियममा सम्मान गरिएिको छ ।
स्विडेनको राजधानी स्टकहोममा आयोजित मानव बेचबिखन सम्बन्धि एक कार्यशाला गोष्ठीमा सहभागी भएपछि डायस्पोराका नेपालीहरूसंग भेटघाट र अन्तरक्रिया गर्ने हेतुले बेल्जियम आइपुगेका सुशासन अभियन्ता खरेललाई काभ्रेपलान्चोक सहायता समिति, बेल्जियमले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
होटल कार्पिनुस हेरेन्टको सभाहलमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता काभ्रेपलान्चोक सहयता समिति, बेल्जियमका अध्यक्ष दिनेश उप्रेतीले गरेका थिए ।
कार्यक्रमका विशेष अतिथि खरेललाई समाजका अध्यक्ष उप्रेतीले पुष्पगुच्छा प्रदान गर्दै खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।
त्यस्तै काभ्रेपलान्चोक जिल्ला निवासी हाल बेल्जियममा वसोवास गर्दै संगठनमा आवद्ध शारदा धितालले यसैवर्ष गैरआवासिय नेपाली संघ, बेल्जियमको महिला संयोजक पदमा निर्विरोध निर्वाचित भएकोमा उनलाई पनि अध्यक्ष उप्रेतीले खादा ओढाएर सम्मान गरेका थिए ।
उक्त सम्मान कार्यक्रममा अतिथिको रूपमा लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य, अतिथिको रूपमा गैरआवासिय नेपाली संघकी अध्यक्ष सीता सापकोटा तथा महासचिव रूविना शर्मा, चितवन सहायता कोष, बेल्जियमका अध्यक्ष राजु घिमीरे, गैरआवासिय नेपाली संघका पूर्व केन्द्रीय उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ र यसै संगठनका उपाध्यक्ष उद्वब गौतम लगायत संघका अन्य सदस्यहरूका साथै महिला तथा अन्यको उपस्थितीमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो ।
कार्यक्रम लुम्बिनी–कपिलवस्तु विश्व अभियान, बेल्जियमका सदस्य दिपक राउतले संचालन गरेका थिए ।
वि.सं.२०८० असोज ५ शुक्रवार १४:४३ मा प्रकाशित