back
CTIZAN AD

बहराइनमा हिमलालको ‘एभरेष्ट फुड स्टफ’

वि.सं.२०७४ वैशाख १२ मंगलवार

759 

shares

everest-nepal-baharainअमेरिका युरोप पुगेका नेपालीले स्थानीय बजारमा नेपाली व्यवसायीको रुपमा स्थापित भइसकेको बेला  मलेसिया तथा खाडीका    विभिन्न राष्ट्रमा पनि नेपाली व्यवसायहरु धमाधम खुलिरहेका छन् ।
खाडी राष्ट्रहरुमा कमै व्यवसायीले आफूलाई स्थापित गराउन सफल भएका छन् । तर, व्यवसाय खुल्ने क्रम भने तिब्ररुपमा बढेको छ ।
पछिल्लो समय दुवई, बहराइन, कतार, कुवेत ओमान लगायतका देशमा नेपाली व्यवसायीहरुले स्थानिय बजारमा नेपाल र नेपाली व्यवसायलाई स्थापित गराउने प्रयासमा छन् । नेपाल र नेपालीका लागि गर्व गर्ने कामहरु गरिरहेका छन् ।
यस्तैमा अप्रिल २१ र २२ का दिन बहराइनमा दुई नेपाली युवाले आफ्नो व्यवसाय सुरु गरेका छन् । जसमा गुल्मीका हिमलाल पाण्डेले एभरेष्ट नेपाली फुड स्टफ र नवलपरासीका जितु खड्काले इन्द्रेणी फेमली रेष्टुरेण्ट संचालनमा ल्याएका छन् ।
बहराइनको समाजमा नेपाली व्यवसायी बनेर उदाउँन लागेका यी दुई युवाले बहराइनमा रहेका नेपाली तथा अरेबियनहरुलाई मध्यनजर गरेर व्यवसाय सुरु गरेको बताएका छन् ।
बहराइन सरकारको लाइसेन्स लिएर बहराइनको गलालिमा सुरु गरिएको उक्त एभरेष्ट नेपाली फुड स्टफमा बैद्यानिक रुपमै नेपाली समानहरु ल्याएर बेच्ने प्रतिबद्धता पाण्डेले जनाएका छन् । पाण्डे भन्छन, ‘हाल नेपालबाट वाइ वाइ चाउ चाउ ल्याएको छु विस्तारै अरु सामान पनि ल्याउनेछु ।’
नेपाल र नेपालीको लागि गर्व गर्ने काम गरिरहनु भएका हिमलाल र जितु खड्का जस्तै संसारका विभिन्न देशमा रहेर त्यहाँको व्यवसायमा आफूलाई स्थापित गर्नुहुने र स्थापित हुन प्रयास गरिरहनु भएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई हाम्रो सलाम छ ।

वि.सं.२०७४ वैशाख १२ मंगलवार ०३:४६ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...