back

बहराइनमा हिमलालको ‘एभरेष्ट फुड स्टफ’

वि.सं.२०७४ वैशाख १२ मंगलवार

168 

shares
NTC AD
Global IME AD

everest-nepal-baharainअमेरिका युरोप पुगेका नेपालीले स्थानीय बजारमा नेपाली व्यवसायीको रुपमा स्थापित भइसकेको बेला  मलेसिया तथा खाडीका    विभिन्न राष्ट्रमा पनि नेपाली व्यवसायहरु धमाधम खुलिरहेका छन् ।
खाडी राष्ट्रहरुमा कमै व्यवसायीले आफूलाई स्थापित गराउन सफल भएका छन् । तर, व्यवसाय खुल्ने क्रम भने तिब्ररुपमा बढेको छ ।
पछिल्लो समय दुवई, बहराइन, कतार, कुवेत ओमान लगायतका देशमा नेपाली व्यवसायीहरुले स्थानिय बजारमा नेपाल र नेपाली व्यवसायलाई स्थापित गराउने प्रयासमा छन् । नेपाल र नेपालीका लागि गर्व गर्ने कामहरु गरिरहेका छन् ।
यस्तैमा अप्रिल २१ र २२ का दिन बहराइनमा दुई नेपाली युवाले आफ्नो व्यवसाय सुरु गरेका छन् । जसमा गुल्मीका हिमलाल पाण्डेले एभरेष्ट नेपाली फुड स्टफ र नवलपरासीका जितु खड्काले इन्द्रेणी फेमली रेष्टुरेण्ट संचालनमा ल्याएका छन् ।
बहराइनको समाजमा नेपाली व्यवसायी बनेर उदाउँन लागेका यी दुई युवाले बहराइनमा रहेका नेपाली तथा अरेबियनहरुलाई मध्यनजर गरेर व्यवसाय सुरु गरेको बताएका छन् ।
बहराइन सरकारको लाइसेन्स लिएर बहराइनको गलालिमा सुरु गरिएको उक्त एभरेष्ट नेपाली फुड स्टफमा बैद्यानिक रुपमै नेपाली समानहरु ल्याएर बेच्ने प्रतिबद्धता पाण्डेले जनाएका छन् । पाण्डे भन्छन, ‘हाल नेपालबाट वाइ वाइ चाउ चाउ ल्याएको छु विस्तारै अरु सामान पनि ल्याउनेछु ।’
नेपाल र नेपालीको लागि गर्व गर्ने काम गरिरहनु भएका हिमलाल र जितु खड्का जस्तै संसारका विभिन्न देशमा रहेर त्यहाँको व्यवसायमा आफूलाई स्थापित गर्नुहुने र स्थापित हुन प्रयास गरिरहनु भएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई हाम्रो सलाम छ ।

वि.सं.२०७४ वैशाख १२ मंगलवार ०३:४६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...