back

मुक्तक

वि.सं.२०८० असोज ६ शनिवार

210 

shares

गोविन्द शाही,शुभ-कालिका २ राजबाडा कालिकोट

१.
हरेक सम्बन्धमा स्वार्थ देखे सजावट देखें,
लाखौं लाख कच्चा रंगहरुको मिलावट देखें
तर वर्षौं भयो मैले आमालाई हेर्न लागेको
न थकान देखें नत उनको मायामा गिरावट देखें ।

२.
होस् उनिहरुको ठुलै भलाई सफल बनाए
आगोको रापमा जलाई जलाई सफल बनाए
निकै गा¥हो थियो मनलाई पत्थर बनाउन
सहयोग गरि आफ्नाले मलाई सफल बनाए

३.
हानेर छुरा छर्केर नुन खुर्सानी खबर सोध्छन्
जलेर शरीर खरानी हुँदा’नी खबर सोध्छन्
आफै भत्काउछ्न अरुको खुसिको झुपडी ।
अझ पछि लाज न मानी खबर सोध्छन ।
४.
आए कति गए कति हिसाब राखिन
चाहाना बिनाको कुनै प्रगती हिसाब राखिन
आफ्नो सोच्ने मन हेरेर बसेकै छन जसो तसो
धन हेरेर टाढिने जति हिसाब राखिन ।

५.
सिके पनि कति हो कति केहि हुदैन
यो भन्दा ठुलो प्रगती केहि हुदैन
खेलेरै बित्यो बाल्यकाल किन भन्छौ मित्र
आमाले दिएको शिक्षा जति केही हुदैन ।

वि.सं.२०८० असोज ६ शनिवार ०७:०८ मा प्रकाशित

मुक्तक

मुक्तक

बिटु केसी,सुर्यविनायक, भक्तपुर १. सजाउन जाने सम्बन्ध फूल हो नजान्दा...

हाइकु

हाइकु

म्यामराज राई हतुवागढी -६, होम्ताङ्, भोजपुर (हाल - जापान) १...

लघुकथा : पागल

लघुकथा : पागल

होम प्रसाद नेउपाने, धरान,सुनसरी आज शनिबार । कोठामा घोत्लिएर बसिरहेको...

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कलानिधि दाहााल,काठमाडौं आँधी उठाएर अलिकति तूफान पोको पारेर निकै नै...

कविता : सामवेदको स्वर

कविता : सामवेदको स्वर

राजेन्द्रकुमार बज्राचार्य कोटेश्वर, काठमाण्डौ सात थरी रहे कस्ता, छन् सामवेदको...

कोपिला

कोपिला

गिरिराज डल्लाकोटी,चितवन १. बिनाअर्थ डराउनेहरू हुन्छन् एउटाले लगाइदियोभने स्यालहुइँया पछिपछि...