back

सुसेली

वि.सं.२०८० असोज ६ शनिवार

123 

shares

केशवप्रसाद ढकाल ’प्रीतबीज’, गोरखा

१.
तुच्छ दाउमा
नुन छर्छ निष्ठुरी
आलो घाउमा ।

२.
पात जसरी
झर्ने चोला जीवन
बुझौँ रामरी ।

३.
हुन्छ लेखेको
स्थायी छैन जीवन
मैले देखेको ।

४.
नाफा घाटाको
राजनीति रहेछ
खेलो ढाँटको ।

५.
छैन बसाइ
समयको चक्रले
लान्छ फसाई ।

६.
छद्म भेषमा
बोक्सी धामी आफैँ छन्
हाम्रो देशमा ।

७.
छाया असल
सम्बन्धको जानौँ है
मीठो फसल ।

८.
दिन्छु जीवन
उल्टोपाल्टो सोचेर
हुन्न नभन ।

९.
दिऔँ स्विकृति
धान्नलाई संस्कृति
छोडी विकृति ।

१०.
हाम्रो गर्वको
शुभभाव अर्पन्छु
चाडपर्वको ।

 

वि.सं.२०८० असोज ६ शनिवार ०७:०९ मा प्रकाशित

कोपिला

कोपिला

केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक, गोरखा १. विकृति फैलिएर गयो राजनीति...

लघुकथा : घृणा र प्रेम

लघुकथा : घृणा र प्रेम

कल्पना भण्डारी सिन्धुपाल्चोक, हाल - काठमाडौं ‘गौरी दिदी भोलि त...

कोपिला\डाली

कोपिला\डाली

गणेश लोहनी, चितवन हाल काठमाडौं १ साधनाले सिद्धि मिल्यो ध्यान...

कथा : दानी

कथा : दानी

बाढीपीडितका लागी चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगित...

मुक्तक

मुक्तक

रुद्र अधिकारी, विशालनगर, काठमाडौँ १. अँध्यारोमै राख्ने अन्धकारलाई हेर्नु पर्छ...

लघुकथा : अभुक्त

लघुकथा : अभुक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बुढा खै !...