back

हाइकु

वि.सं.२०८० असोज ६ शनिवार

144 

shares

प्रा.डा. लेखप्रसाद निरौला
बुढानीलकण्ठ, काठमाडौँ

१.
शरद् सौन्दर्य
कठ्याङ्ग्रिदो मौसम
व्यस्त जीवन ।

२.
नेपाली आभा
सगरमाथाबाट
विश्व नियाल्दै ।

३.
मनको वेग
स्वार्थेको पोखरीमा
मानिस डुब्दै ।

४.
क्षणिक आयु
अमर चिन्तनले
स्वार्थी जीवन !

५.
मनमा आगो
सिर्जनाको मुहान
डढेलो जस्तै ।

६.
हेमन्त शोभा
शीतल परिवेश
न्यानो चाहना ।

७.
मन्द तुसारो
आनन्द परिदृश्य
मुग्ध जीवन ।

८.
ममताप्रिय
आपसी अनुराग
प्रकृति काख ।

९.
सूर्यकिरण
उल्लासमय मन
एकान्त वन ।

१०.
अग्नि सान्निध्य
हेमन्तीय प्रभाव
प्रेमी युगल ।

वि.सं.२०८० असोज ६ शनिवार ०७:१० मा प्रकाशित

कोपिला

कोपिला

केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक, गोरखा १. विकृति फैलिएर गयो राजनीति...

लघुकथा : घृणा र प्रेम

लघुकथा : घृणा र प्रेम

कल्पना भण्डारी सिन्धुपाल्चोक, हाल - काठमाडौं ‘गौरी दिदी भोलि त...

कोपिला\डाली

कोपिला\डाली

गणेश लोहनी, चितवन हाल काठमाडौं १ साधनाले सिद्धि मिल्यो ध्यान...

कथा : दानी

कथा : दानी

बाढीपीडितका लागी चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगित...

मुक्तक

मुक्तक

रुद्र अधिकारी, विशालनगर, काठमाडौँ १. अँध्यारोमै राख्ने अन्धकारलाई हेर्नु पर्छ...

लघुकथा : अभुक्त

लघुकथा : अभुक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बुढा खै !...