back

कोपिला : सासु बुहारीको दोहोरी

वि.सं.२०८० असोज ६ शनिवार

771 

shares
GLOBAL IME AD
NTC AD

सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा

१.
बुहारी :
तीज पर्व आएको
सम्झना आइदिन्छ त्यो दिन बरी लै
मिठो दर खाएको

सासु :
माइतमा जान त
होटलको मोहलाई त्याग्नु बरी लै
मिठो दर खान त

२.
बुहारी :
साथी सङ्गी प्यारो छ
प्रविधिको पहुँच नि छैन बरी लै
माइतमा गाह्रो छ

सासु :
तरकारी तामाको
टुकी बाल्दै दर खाँदा मज्जा बरी लै
हातै मिठो आमाको


बुहारी :
उहिलेका कुरा ती
नगर्नु है ए हजुर अब बरी लै
खुइलेका कुरा ती

सासु :
मख्ख पर्थ्यौँ भेटेर
आफ्ना आफ्ना ब्यथा सबै पोख्थ्यौँ बरी लै
कुरा गर्थ्यौं भेटेर

४.
बुहारी :
बरु सारी किन्दिनु
दिन दिनै साथी ले चैँ फेर्छन् बरी लै
अरु सारी किन्दिनु

सासु :
मिलाएर लाउँनू
फूल सिउरी केशैमा नाच्नु बरी लै
सिलाएर लाउँनू


बुहारी :
संस्कार नि मान्नु छ
पूजा गर्ने हजुरको साथ बरी लै
राम्रा कुरा जान्नु छ

सासु :
सानी राम्री बुहारी
पूजा आराधना गर्दै नाचौँ बरी लै
ज्ञानी हाम्री बुहारी

वि.सं.२०८० असोज ६ शनिवार ०७:११ मा प्रकाशित

गजल

गजल

तारा बिष्ट छन्दार्पण हाल : मलेसिया जलाए दिल उनैले सादगी...

लघुकथा : सहादत

लघुकथा : सहादत

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मध्यरातमा देखिएको छायाँ आकृतिले...

गजल

गजल

गजलिका, अमेरिका बसूँ भन्छ यो मन नयनभित्र तिम्रो इरादा छ...

कविता : मन छैन साथ

कविता : मन छैन साथ

उत्तमकुमार पोखरेल, भक्तपुर के के सुने सहरमा, कति सत्य होला...

कविता : म र भ्रष्टाचार

कविता : म र भ्रष्टाचार

दीनानाथ पोख्रेल, इलाम म व्यक्ति अति अग्लो छु, पदले धनले...

कविता : रिस

कविता : रिस

उत्तम विचार, नुवाकोट रिस हो निजको शत्रु गरौँ विनाश खोज्दछ...