back

गजल

वि.सं.२०८० असोज ६ शनिवार

150 

shares

सीता शर्मा ’शीत’, सिक्किम

म जस्तै तिमी तड्पिएर नबस्नू
कसैलाई धड्कन दिएर नबस्नू

डुबी प्रेम भित्रै म घायल बनें झैं
टुटेको कठै मन सिएर नबस्नू

बनी जून हर्दम उदाऊ गगनमा
बितेका कुरा सम्झिएर नबस्नू

समस्या जतै नै समाधान छैन
तिमी पीरमा आत्तिएर नबस्नू

म मेरै यही हालमा बस्छु जाऊ
मलाई तिमी पर्खिएर नबस्नू

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कानः १२२ १२२ १२२ १२२

वि.सं.२०८० असोज ६ शनिवार ०७:१२ मा प्रकाशित

कोपिला

कोपिला

केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक, गोरखा १. विकृति फैलिएर गयो राजनीति...

लघुकथा : घृणा र प्रेम

लघुकथा : घृणा र प्रेम

कल्पना भण्डारी सिन्धुपाल्चोक, हाल - काठमाडौं ‘गौरी दिदी भोलि त...

कोपिला\डाली

कोपिला\डाली

गणेश लोहनी, चितवन हाल काठमाडौं १ साधनाले सिद्धि मिल्यो ध्यान...

कथा : दानी

कथा : दानी

बाढीपीडितका लागी चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगित...

मुक्तक

मुक्तक

रुद्र अधिकारी, विशालनगर, काठमाडौँ १. अँध्यारोमै राख्ने अन्धकारलाई हेर्नु पर्छ...

लघुकथा : अभुक्त

लघुकथा : अभुक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बुढा खै !...