
प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अगामी अक्टोवरमा हुने ११ औं महाधिवेसन तथा विश्व सम्मेलनका लागि केन्द्रीय उपमहासचिवमा सोम सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् ।
विदेशमा रहेका नेपालीलाई एकताबद्ध गर्ने विभिन्न संघ संगठनलाई जोड्दै एनआरएनएमार्फÞत भाईचाराको सम्बन्ध बलियो बनाउने कार्यमा सबैको एकताले नै मुलुकको विकास र समृद्दिमा टेवा पुर्याउन सकिने सापकोटा बताउँछन् ।
नेपाल र नेपालीको सेवामा सदैव चिन्तित रहने सापकोटा गैरआवासीय नेपाली संघका प्रवक्ता रहदा संगठनलाई कसरी चुस्त, दुरुस्त र चलायमान बनाउन सकिन्छ भन्नेमा लागिरहने व्यक्तित्व हुन् ।
समग्र एनआरएनएको सुदृढीकरण र एकतामा समेत अग्रपंक्तिमा रहेर काम गरिरहेका सापकोटा नेपालको पर्यटनलाई माथि उठाउन, नेपाली उत्पादनलाई युरोप क्षेत्रमा लगेर बजारीकरण गर्न वा विश्वभर आफ्नो जनसम्पर्क बढाउन सक्रिय अभियन्ता हुन् ।
वेल्सका लागि नेपालको टुरिजम सद्भावना दूत समेत रहेर काम गरेका सापकोटा यूरोपको २८ वर्षे लामो बसाईमा सामाजिक राष्ट्रिय चिन्तन भएका एक बौद्धिक र ऊर्जावान व्यक्तित्वको रूपमा परिचित छन् । गैरआवासीय नेपाली संघ स्थापनादेखि नै विभिन्न पदमा रहेर योगदान पुर्याउँदै आएका सापकोटा बिदेशमा नेपालीहरुले आर्जित गरेको पुँजी र सीपलाई नेपालमा भित्राउनमा सक्रिय भूमिका निर्वाह गरेका छन् । हाल उनी एनआरएनएका केन्द्रीय प्रवक्ता हुन् ।
उनी संघको ११ औ महाधिवेशन २०२३–२०२५ कार्यकालको लागि उप–महासचिव पदमा उम्मेद्वारी घोषणा गरी आफÞनो चुनावी प्रचारलाई तिब्ररुपमा अगाडि बढाएका छन् ।
वि.सं.२०८० असोज ६ शनिवार १९:४६ मा प्रकाशित