back

कामना सेवाले ट्राफिक प्रहरीलाई दियो वित्तीय साक्षरता तालिम

वि.सं.२०८० असोज ७ आइतवार

60 

shares

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रामशाहपथमा आज वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

ट्राफिक प्रहरीहरूलाई बैङ्किङ प्रणाली, बचत तथा कर्जा कारोबार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो । बैंकका ब्राण्डिङ विभाग प्रमुख सुशील पौडेलले बचतको महत्त्व, दैनिक जीवनमा गरिने बचत व्यवहार, कर्जा सम्बन्धी कारोबार, कर्जा अनुशासन तथा डिजिटल बैकिङका महत्त्व, अवसर र चुनौतीका बारेमा प्रस्तुति गरेका थिए ।

कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य, नायव प्रहरी उपरीक्षकहरू, बैंकका कर्मचारी सुमन दुवाडी तथा अन्य प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै एसपी आचार्यले दैनिक जीवनमा बचत गर्नुपर्ने थाहा भएतापनि कसरी बचत गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताए ।

यस साक्षरता कार्यक्रमपछि आफ्नो दैनिक जीवनमा बचतको महत्त्व बुझेर बचत बानीको विकास गर्न ट्राफिक प्रहरीहरूलाई हौसला मिलेको उनले बताए ।

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम बुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

वि.सं.२०८० असोज ७ आइतवार ११:५५ मा प्रकाशित

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

एभरेष्ट बैंकको डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक भिडियो निर्माण

एभरेष्ट बैंकको डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक भिडियो निर्माण

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ‘डिजिटल साक्षरता’ अन्तर्गत वित्तीय चेतनामूलक...

माछापुछ्रे बैंकद्वारा नेपालमै पहिलोपटक नयाँ प्रविधिको सुरुवात

माछापुछ्रे बैंकद्वारा नेपालमै पहिलोपटक नयाँ प्रविधिको सुरुवात

काठमाडौं । माछापुछ्रे बैंकले नेपालमा पहिलोपटक नयाँ प्रविधिको सुरुवात गरेको...

नविल बैंकले मनायो नबिल एसएसइ कार्यक्रमको दोस्रो वर्ष

नविल बैंकले मनायो नबिल एसएसइ कार्यक्रमको दोस्रो वर्ष

काठमाडौं । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु...

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्ने

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुरको महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी...

बैतडीको पाटनमा पनि पुग्यो ग्लोबल आइएमई बैंक

बैतडीको पाटनमा पनि पुग्यो ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिका वडा नं....