Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

कविता वाचन अभियान झापामा



विर्तामोड/शिक्षा, साहित्य तथा संस्कृति विभागद्वारा आयोजित ‘राष्ट्रिय स्वाधीनता एवम समसामयिक सन्दर्भमा कवितावाचन अभियान’ अन्तर्गत भेटघाट चौतारी, मुक्तिचोक, बिर्तामोड, झापामा आयोजित कवितावाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । विभागका प्रमुख आरपी तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा सुनसिंह, तेजप्रसाद तिवारी, हरिभक्त संग्रौला, रोजन्द्र संग्रौला, सुमित्रा बाङ्देल, भवानी क्षेत्रीलगायत एक दर्जन स्रष्टाहरुले करिब डेढ दर्जन सिर्जना वाचन गरेका थिए ।

चैत २० गते कञ्चनपुरको महेन्द्रनगरबाट सुरु भएको उक्त कार्यक्रम झपा आइपुगेको हो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, मेची ब्युरो इन्चार्ज क. सुमन, खेम थपलिया, भवानी क्षेत्री, सुमित्रा बाङ्देल, उमेश थापा, कमरेड तारा, लम्जेल संघर्षशील, रोजेन्द्र संग्रौलालगायत अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा मेची ब्युरो प्रमुख क. सुमनले समसामयिक विषयमा गहन मन्तव्य दिनुभएको थियो । कार्यक्रामा वाचित सबै रचनाहरुले वर्तमान नेपालको राजनीतिक अवस्थाप्रति तीब्र असन्तोष व्यक्त गर्दै कथित स्थानीय निर्वाचनले देश र जनताका पक्षमा केही पनि काम नगर्ने भएकोले वैज्ञानिक समाजवादको स्थपनाका लागि एकजुट हुनुपर्ने भाव व्यक्त गरका थिए ।


-->

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन,

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।