back
CTIZAN AD

स्वर्गीय आमाबुवाको नाममा रु ६ लाखको अक्षयकोष स्थापना

वि.सं.२०७४ वैशाख १२ मंगलवार

690 

shares

१२ वैशाख, पोखरा । स्थानीय रामबजारको रञ्जितपरिवारले यहाँका दुई सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि रु छ लाख अक्षयकोष स्थापना गरेको छ ।

रामबजारस्थित कालिका माविमा रु चार लाख र पोखरा बसपार्कस्थित सहारा आधारभूत विद्यालयमा रु दुई लाखको अक्षयकोष स्थापनाका लागि आज रकम हस्तान्तरण गरिएको छ । सो ठाउँ निवासी बैकुण्ठ, शिव, सुदर्शन र विजय रञ्जितले आफ्ना पिता स्व हरिगोपाल र आमा गणेशमायाका नाउँमा उक्त रकम विद्यालयलाई अक्षयकोषका लागि हस्तान्तरण गर्नुभएको हो ।

रञ्जित चार दाजुभाइले आफ्ना पिताको ४५ आँै दिनको तिथि पारेर आज गरिब तथा जेहेन्दार विद्यार्थीलाई थप अध्ययनका लागि विद्यालयलाई उक्त रकम प्रदान गर्नुभएको साहिँला छोरा फोटो पत्रकार सुदर्शनले जानकारी दिनुभयो ।

अक्षयकोषबाट प्राप्त ब्याजबाट कालिका माविमा कक्षा ९ देखि १२ कक्षासम्म र सहारा विद्यालयमा कक्षा ९ मा अध्ययन गर्र्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।

वि.सं.२०७४ वैशाख १२ मंगलवार ०६:३६ मा प्रकाशित

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको...

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन...