
हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपाल पदकविहीन बनेको छ । आज भएको ८० किलो माथिको तौल समूहमा नेपालका ज्याकी यादव जोर्डनका खेलाडीसित पराजित भए । उनी २–० अंकले पराजित भएका हुन् । यादवको पराजयसँगै नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो ।
तेक्वान्दोबाट ११ खेलाडी सहभागी भएका थिए । यसअघि ४९ किलो तौल समूहमा अन्जली तामाङ र ६३ किलो तौल समूहमा गोविन्द आले पराजित भएका थिए । सन् २००६ पछि नेपालले तेक्वान्दोमा पदक जित्न सकेको छैन । त्यसअघि भने नेपालले एसियली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कास्य प्राप्त गरेको थियो । ।
वि.सं.२०८० असोज ११ बिहीवार १५:३३ मा प्रकाशित