back

नेकपा एसको समाजवाद जागरण यात्रामा कृषि उत्पादन प्राथमिकता

वि.सं.२०८० असोज १२ शुक्रवार

144 

shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियानमा उद्यमशीलता र उत्पादनका माध्यमबाट समृद्धितर्फ कार्यक्रम तथा योजना तय गरेको छ ।

उक्त कार्यक्रम तथा योजना व्यावसायिक सीप र क्षमता अभिवृद्धि गरी स्वरोजगार सिर्जना गर्न युवालाई प्रेरित गरिएको हो । यही असोज १४ देखि २९ गतेसम्म गर्न लागिएको समाजवाद जागरण यात्रामा कृषि उत्पादनका साथै आत्मनिर्भर अर्थतन्त्रको विकास गरी समाजवाद कार्यान्वयनमा सहयोग पुग्ने भनिएको छ ।

किसानलाई मल, बीउ, पानी र औजार उपलब्ध गराउनाका साथै उनीहरूको उत्पादन खरिद तथा कृषि बचतको सुनिश्चिततालाई प्राथमिकतामा राखिएको छ।

शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषय जनताको मौलिक अधिकारका रूपमा स्थापित गर्न, जनशक्ति पलायन बन्द गरी सबैलाई रोजगारीमा समावेश गर्न तथा युवालाई समाजवादी क्रान्तिका लागि तयार गरी समृद्ध नेपाल निर्माण गर्न उक्त अभियान तय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उनले भने, “समाजवादी जागरण अभियानको नाममा हामी जनताको घरदैलोमा पुग्नेछौँ र जनताको दुःख सुखमा साथ दिनेछौँ ।” सुशासन, विकास र रोजगारी हाम्रो मूल माग हो ।

भूमिहीन तथा अव्यवस्थितलाई लालपुर्जाको व्यवस्था, भाषा, धर्म संस्कृति, धार्मिक सहिष्णुता र एकता नेपालीको सभ्यता, राष्ट्रिय पुँजीको विकास, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापनाका लागि अभियानका क्रममा सन्देश प्रवाह गरिने छ ।

उक्त यात्रामा रुपान्तरणकारी एजेण्डा, पार्टीले उठाउँदै आएका अन्य मुद्दा, कार्ययोजनाबारे जनतालाई बुझाइने प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।

यस अभियानले भ्रष्टाचार अन्त्य गर्न जनतालाई जागृत गरिने उल्लेख गर्दै उनले भने, “न्यायपूर्ण समाज निर्माण गर्न हामी सदैव जनताको साथमा हुन चाहन्छौँ । देशको सीमा रक्षा, राष्ट्रियताको सम्वर्द्धन र जनताको शिर स्वाभिमानले उचा गराउनु हाम्रो कर्तव्य हो ।”

करिब नौ सय किलोमिटर यात्रा तय गरिएको अभियान प्रभावकारी तथा व्यवस्थित बनाउन पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा दुई हजार एक सदस्यीय ‘समाजवाद जागरण यात्रा’ मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय, सबै प्रदेशका सचिवालय सदस्य, जिल्लाका पदाधिकारी, प्रदेश इन्चार्जको अध्यक्षतामा सम्बन्धित प्रदेश कमिटी, जिल्ला कमिटी सदस्य, प्रदेशस्तरीय आयोजक कमिटीलाई समितिमा समावेश गरिएको छ ।

देशमै शिक्षा, देशमै रोजगारी– अनि मात्र हुन्छ समाजवादको तयारी, चुरे महाभारतको संरक्षण– पर्यावरणको प्रवर्द्धन, चुरे महाभारतको संरक्षण–मधेसमा उत्पादन प्रवर्द्धन, बैंकको ब्याजदर घटाएर उद्योग व्यवसाय चलायमान बनाउनका लागिसमेत अभियानले प्रचार गर्ने पार्टी पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए ।
मूल आयोजक कमिटी र प्रदेश आयोजक कमिटीले मूल व्यवस्थापन समितिसँग समन्वय गरी यात्रालाई व्यवस्थित बनाउने छन् । सबै जनवर्गीय सङ्गठनका अध्यक्ष र महासचिवलाई यात्रामा सहभागी हुन अनिवार्य गरिएको छ ।

पूर्व झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु हुने ‘समाजवाद जागरण यात्रा’को उद्घाटन पार्टी अध्यक्ष नेपालले गर्नुहुने छ । कालोबजारी बन्द गरी बढ्दो महँगी नियन्त्रण गर्नुपर्ने, सन् १९५० को असमान सन्धि खारेज गर्नुपर्नेलगायत माग गरिएको कार्ययोजनामा समृद्धि र विकासका लागि एकीकृत समाजवादी, मेची–काली सरर.. नेकपा एसको झण्डा फरर, जनताको साथ देशको विकास, सिमाना नियमन गरी ‘वर्क पर्मिट’ लागू गर्नुपर्ने, सबै खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्नुपर्ने, नेपालको खनिज पदार्थको दोहन बन्द गर्नुपर्नेलगायत सन्देश प्रवाह गरिने छ ।

 

वि.सं.२०८० असोज १२ शुक्रवार १६:४४ मा प्रकाशित

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टिकटक सम्बन्धि दियाे यस्तो निर्देशन

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टिकटक सम्बन्धि दियाे यस्तो निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी...

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ...