back

बागमती प्रदेशको पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक

वि.सं.२०८० असोज १२ शुक्रवार

135 

shares

हेटौँडा । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र जापानको विदेश मन्त्रालयका डेपुटी मन्त्री सिमेजु फुमिजोबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज विहान जापानको विदेश मन्त्रालयमा भेटघाट र छलफल भएको मन्त्री दुलालका स्वकीय दीपक न्यौपानेले जानकारी दिए ।

भेटमा जापान सरकार र बागमती प्रदेश सरकारबीच र प्रदेश र स्थानीय तहका पूर्वाधार र कृषि क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

जापानका विदेश मन्त्री फुमिजोले नेपालमा प्रदेश र स्थानीय तहसँग मध्यम र साना आयोजनामा काम गर्न सकारात्मक रहेको बताएको थियो । उनले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि प्रयोग गर्नका लागि जापान सरकार तयार रहेको बताएको स्वकीय न्यौपानेले जानकारी दिए ।

भेटमा मन्त्री दुलालसँगै नेपालकातर्फबाट बागमती प्रदेश सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, चौँरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, राजदूताबासका प्रथम सचिव जीतबहादुर कार्की र नेपाली जनप्रगतिशील मञ्च, जापानका नेता हवलचन्द्र लामाको उपस्थिति रहेको थियो । file -photo

 

वि.सं.२०८० असोज १२ शुक्रवार १६:५५ मा प्रकाशित

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ...

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई...

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी (म्याग्दी) । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा...

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

ढोरपाटन (बागलुङ) । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’...

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको...

धरानबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनाहुँदा ३६ जना घाइते

धरानबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनाहुँदा ३६ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक...