back

अब इजरायलीहरुलाई अमेरिका जान भिसा लिनु नपर्ने

वि.सं.२०८० असोज १२ शुक्रवार

174 

shares
वासिङ्टन । इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ ।
आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने इजरायली नागरिकलाई तीन महिनासम्म अमेरिकामा बस्ने अनुमति प्राप्त हुनेछ तर निजले अमेरिका प्रवेश गर्नुअगावै आफ्नो भ्रमणको अभिलेख अध्यागमन विभागमा दर्ता गराउनुपर्नेछ ।
‘असामाजिक एवं गैरकानुनी गतिविधि गर्नसक्ने ठानेर अमेरिकी अध्यागमन अधिकारीले निजलाई प्रवेशमा रोकसमेत लगाउन सक्नेछ,’ अध्यागमन अधिकारीलाई दिइएको अधिकारको एक बुँदामा भनिएको छ । होमल्याण्ड सेक्युरिटीले निर्धारण गरेका पूर्वसर्तको पालना नभएमा इजरायलीले प्रवेशाज्ञा (भिासा) पाउने छैनन् ।
बाइडेन प्रशासनको यो घोषणाबाट इजरायलले अमेरिकामा प्रतिष्ठित स्थान प्राप्त गरेको छ ।  संसारका एक सय ९३ भन्दा बढी मुलुकमध्ये करिब ४० देशलाई मात्र अमेरिकाले ‘भिसा लिनुनपर्ने’सुविधा र सम्मान दिएको छ । बाइडेन प्रशासनले वासिङ्टन, जेरुसेलम र रियादबीच चलिरहेको त्रिदेशीय वार्ताको परिणामका रूपमा पनि लिइएको छ । अब इजरायलले  प्यालेस्टिनीहरूसँग राम्रो व्यवहार गर्ने अपेक्षा गरिएको छभने इजरायलमा साउदी लगानी बढ्ने आशा गरिएको छ । अमेरिकी मध्यस्थतामा साउदी र इजरायलबीचको सम्बन्ध सामान्य बन्दै गएको छ । गत साता साउदी अरबको एउटा उच्चस्तरीय टोली प्यालेष्टिनी क्षेत्रमा पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको थियो ।
“भिसा छूट कार्यक्रममा इजरायललाई सहभागी गराउनु हाम्रो साझा सुरक्षा चासो हो,  यसले हाम्रा दुई देशबीचको घनिष्ठ सहयोग र सहकार्यलाई प्रतिविम्बित गरको छ,” होमल्याण्ड सुरक्षा सचिव अलेजान्ड्रो मेयोर्कासले एक वक्तव्यमा  भनेका छन् – “यसले संयुक्त राज्य अमेरिका र इजरायल बीचको एक दशकभन्दा बढीको काम र समन्वयलाई प्रतिनिधित्व गर्दछ, यसले आतङ्कवाद विरोधी सहकार्य, कानून प्रवर्तन र हाम्रा अन्य साझा प्राथमिकताका क्षेत्रमा मिलेर काम गर्न प्रेरणा दिएको छ ।”
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले अमेरिकी निर्णयको स्वागत  गरेका छन् । अमेरिकाका लागि इजरायलका राजदूत माइकल हर्जोगले पनि अमेरिकी घोषणालाई दुई देशबीचको सम्बन्धमा महत्त्वपूर्ण उपलव्धि भन्दै त्यसको प्रशंसा गरेका छन् ।  “यसले हाम्रो विशेष सम्बन्धलाई झल्काएको छ, जसले जनस्तको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन् ।
यसैबीच, केही अमेरिकी सांसदले बिना भिसा इजरायलीलाई अमेरिकामा प्रवेश गर्न दिने बाइडेन प्रशासनको आलोचना गरेका छन् । उनीहरूले प्यालेष्टिनीमाथिको व्यवहार इजरायलले नसच्च्याएको दाबी गरेका छन् । रासस/एपी

वि.सं.२०८० असोज १२ शुक्रवार १७:१७ मा प्रकाशित

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टिकटक सम्बन्धि दियाे यस्तो निर्देशन

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टिकटक सम्बन्धि दियाे यस्तो निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी...

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ...