back

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

वि.सं.२०८० असोज १४ आइतवार

36 

shares

काठमाडौँ । नेपाल सरकार र चिकित्सकबीच शनिबार बेलुका भएको वार्ता सहमतिमा टुङ्गिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भरपर्दाे सुरक्षा व्यवस्था मिलाउने, त्यसका लागि सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने, दोषीलाई कानुनअनुसार कारबाही गर्ने, कानुन संशोधन गरेरै भए पनि दोषीलाई हदैसम्मको कारबाहीका गर्ने र त्यसका लागि आवश्यक कानुन संशोधन प्रक्रिया अघि बढाउने, कुटपिट र दुव्र्यवहारका घटनाको कारक पत्ता लगाउन उच्चस्तरीय कार्यदल गठन गर्ने र आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

पछिल्लो समय पोखरा, चितवन, हेटौँडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटनलगायतका अस्पतालमा चिकित्सकमाथि भएको दुव्र्यवहारका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्नेलगायतका माग सङ्घर्ष समितिले राखेको थियो ।

सहमतिपत्रमा स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दीपेन्द्ररमण सिंह र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिकाको संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् । सहमितसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

 

वि.सं.२०८० असोज १४ आइतवार ०६:४२ मा प्रकाशित

अनलाइनबाट सामान किन्दा यसरी ठगी गर्न सक्छन्, सचेत हुनुहोस्

अनलाइनबाट सामान किन्दा यसरी ठगी गर्न सक्छन्, सचेत हुनुहोस्

काठमाडौँ । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई...

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टिकटक सम्बन्धि दियाे यस्तो निर्देशन

प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टिकटक सम्बन्धि दियाे यस्तो निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी...

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...