back

ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

वि.सं.२०८० असोज १४ आइतवार

120 

shares

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले आज रू १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार यस ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउनेछन् । बोलकबोल प्रक्रियामा आज दिउँसो ३ बजेसम्ममा भाग लिन सकिनेछ ।

विसं २०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने पनि «बैंकले उल्लेख गरेको छ ।

बोलवाला प्रक्रियामार्फत कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

बैंकका यो ऋणपत्रको इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ । बोलकबोलमा घटीमा रू ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ रू ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिनेछ ।

यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत् हुने राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०८० असोज १४ आइतवार १४:०३ मा प्रकाशित

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

एभरेष्ट बैंकको डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक भिडियो निर्माण

एभरेष्ट बैंकको डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक भिडियो निर्माण

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ‘डिजिटल साक्षरता’ अन्तर्गत वित्तीय चेतनामूलक...

माछापुछ्रे बैंकद्वारा नेपालमै पहिलोपटक नयाँ प्रविधिको सुरुवात

माछापुछ्रे बैंकद्वारा नेपालमै पहिलोपटक नयाँ प्रविधिको सुरुवात

काठमाडौं । माछापुछ्रे बैंकले नेपालमा पहिलोपटक नयाँ प्रविधिको सुरुवात गरेको...

नविल बैंकले मनायो नबिल एसएसइ कार्यक्रमको दोस्रो वर्ष

नविल बैंकले मनायो नबिल एसएसइ कार्यक्रमको दोस्रो वर्ष

काठमाडौं । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु...

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्ने

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुरको महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी...

बैतडीको पाटनमा पनि पुग्यो ग्लोबल आइएमई बैंक

बैतडीको पाटनमा पनि पुग्यो ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिका वडा नं....