
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले चाडपर्वलाई लक्षित गर्दै ‘डिजिटल दशैं तिहार’ क्यासब्याक तथा बम्पर उपहार अफर ल्याएको छ ।
‘आइएमई पे’ले आउँदै गरेको राष्ट्रिय चाड दशैं , तिहार तथा छठलार्ई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यहि असोज १४ देखी मङ्सिर ३ गते सम्म चल्ने ५० दिनको सो अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले बिभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् । त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अलटिमा लाईफस्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् । साथै, अन्त्यमा ८ जना भाग्यशाली विजेताले रु ५० हजार बराबरको शप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन् ।
यस संगै ‘आइएमई पे’मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मीले बताएका छन् ।
यस अफर सम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरु ‘आइएमई पे’को आधिकारिक वेभ पेजमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
वि.सं.२०८० असोज १४ आइतवार १५:४७ मा प्रकाशित