back

केवाईसी अद्यावधिक गराउन एसबिआई बैंकको आग्रह

वि.सं.२०८० असोज १४ आइतवार

126 

shares

काठमाडौं । नेपाल एसबिआई बैंकले ग्राहक तथा वास्तविक धनी/हिताधिकारीका ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले आइतबार एक सूचना प्रकाशन गरी ३० दिन भित्र अनिवार्य रुपमा केवाईसी अद्यावधिक गराउन आग्रह गरेको हो ।

केवाईसी अद्यवधिक नगराएका खाता स्वतः निष्कृय हुने भएकाले समयमै खाता अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो । सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग)निवारण ऐन, २०६४ र नियमावली, २०७३ तथा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट जारी गरिएको निर्देशन बमोजिम ग्राहकहरुलाई केवाईसी अद्यावधिक गराउन आग्रह गरेको हो ।

ग्राहकहरुलाई एसएमएस एवं सार्वजनिक सूचना मार्फत पटक-पटक अनुरोध गर्दा समेत खाता अद्यावधिक नगराएका ग्राहकहरुको खाताहरु स्वतः निष्कृय भएको बैंकले जनाएको छ । त्यसैले सो खाताहरुको कारोबार सुचारु गर्न आफुलाई पायक पर्ने शाखामा सम्पर्क गरी अद्यावधिक विवरण एवं कागजात बैंकमा पेश गरी कारोबार सुचारु गराउन बैंकले अनुरोध गरेको हो ।

साथै, यसअघि अद्यावधिक गरेको विवरणहरु जस्तै : घर, कार्यालय, सम्पर्क ठेगाना, टेलिफोन, मोबाइल, कारोबार, पेशाव्यवसाय, स्वामित्व संरचना र व्यवस्थापन लगायत अन्यमा परिवर्तन भएका खातावाला ग्राहकले पनि अद्यावधिक विवरण एवं कागजात बैंकमा पेश गर्न बैंकले आग्रह गरेको छ ।

वि.सं.२०८० असोज १४ आइतवार १६:१३ मा प्रकाशित

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

एभरेष्ट बैंकको डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक भिडियो निर्माण

एभरेष्ट बैंकको डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक भिडियो निर्माण

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ‘डिजिटल साक्षरता’ अन्तर्गत वित्तीय चेतनामूलक...

माछापुछ्रे बैंकद्वारा नेपालमै पहिलोपटक नयाँ प्रविधिको सुरुवात

माछापुछ्रे बैंकद्वारा नेपालमै पहिलोपटक नयाँ प्रविधिको सुरुवात

काठमाडौं । माछापुछ्रे बैंकले नेपालमा पहिलोपटक नयाँ प्रविधिको सुरुवात गरेको...

नविल बैंकले मनायो नबिल एसएसइ कार्यक्रमको दोस्रो वर्ष

नविल बैंकले मनायो नबिल एसएसइ कार्यक्रमको दोस्रो वर्ष

काठमाडौं । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु...

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्ने

महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ललितपुरको महालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी...

बैतडीको पाटनमा पनि पुग्यो ग्लोबल आइएमई बैंक

बैतडीको पाटनमा पनि पुग्यो ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिका वडा नं....