
काठमाडौं । नेपाली बजारमा सुनको भाउमा निरन्तर गिरावट आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको बजारमा प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबारको बजारमा प्रतितोला सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी तेजावी सुन प्रतितोला १ लाख ७ हजार ४०० र चाँदी प्रतितोला १३४० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८० असोज १५ सोमवार १४:१५ मा प्रकाशित