back

वरीष्ठ पत्रकार शर्माको निधन

वि.सं.२०८० असोज १५ सोमवार

144 

shares

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ ।

७० बर्षको उमेरमा २०८० असौज १४ गते सांझ हृदयघातबाट काठमाण्डौमा निधन भएको हो ।

बिस २०२७ सालमा नेविसंघ स्थापना कालको प्रखर युवा, २०३३ मा विपी कोईराला नेपाल फर्कदा एयरपोर्टबाटै गिरफ्तार भै अढाई बर्ष जेल भुक्तान गरेका तरुण, २०३६,२०४२ र ०४६ मा भएका सबैखाले प्रजातान्त्रिक आन्दोलनका अभियन्ता शर्मा पर्वतको राजनैतिक आन्दोलनका एक धरोहर थिए । २०४०–२०४६ सम्म ’वार्तालाप’ साप्ताहीक पत्रिकाका संपादक प्रकाशक समेत रहेका उनले पत्रिकाको माध्यमबाट पंचायत बिरुद्धको जागरण संप्रेषण गरेका थिए ।

२०४७ पछिको खुला राजनीतिमा पनि बिपिको समाजवादी चिन्तनको अडानमा रहेको उनी ओझेल पारीएका पिड़ीत नेता र कर्मठ व्यक्तित्वका रुपमा स्थापित छन । पर्वत मिलन केन्द्र काठमाण्डौ, पर्वत सेवा समाज काठमाण्डौ जस्ता संस्थामा अभिभावकिय भुमिका राख्दै आएका शर्मा केहि बर्ष यता परीवारसंगै अमेरीका र नेपाल रहंदै आएका थिए ।

पर्वत फलेवासका पिता लक्ष्मीदत्त पौडेल र माता तील कुमारी पौडेलका सात दाजुभाई तथा पाँच दिदीबहिनी मध्ये उनी ठुलाकान्छा थिए । उनका भाई ख्याम शर्मा पौडेलका अनुसार उनको दाहसंस्कार २०८० असौज १७ गते पशुपति आर्यघाटमा गरीनेछ ।

वि.सं.२०८० असोज १५ सोमवार १७:२१ मा प्रकाशित

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी (म्याग्दी) । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा...

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

ढोरपाटन (बागलुङ) । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’...

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको...

धरानबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनाहुँदा ३६ जना घाइते

धरानबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनाहुँदा ३६ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक...

भूकम्प पीडितलाई सोफा उत्पादक सङ्घद्वारा सहयोग

भूकम्प पीडितलाई सोफा उत्पादक सङ्घद्वारा सहयोग

काठमाडौँ । सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु...

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

प्रकाश सिलवाल, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक...