back

लघुकथा : यस्ती पनि आमा !

वि.सं.२०८० असोज २७ शनिवार

567 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

सुरेश कुमार पाण्डे, दाङ घोराही -१८

‘शाँझी ! मैले तिमिलाई त अबस्यपनि लान्छु तर अरू कसैको बालख स्विकार्न म सक्तैन् ।’ बेलारामले आफ्नी प्रेमिकासँग भन्यो ।

‘अनि त्यो बच्चीलाई कहाँ छाडौँ ?पहिले नै त्यो बच्चिको बाबा को हो भन्नेबारे छिनोफाना भएको छैन् । एउटा सँग भागी बिहे भयो । उ सँग मेरो बनेन, अर्कोले बच्चिलाई स्विकारेन ।’ शाँझीले गम्भिर आपबिती सुनाई ।

‘तिमिलाई थाहाछैन बालख कस्को हो भन्ने ?’ बेलारामले ठटौले पारामा सोध्यो ।

‘थाहा छ तर मलाई थाहा भएर केगर्ने ? उनीहरूले नमाने के लाग्छ !’– ऊ रून थाली ।

‘होइन, रोएर समस्या हल हुँदैन । म सँग तिमि जाने हो भने त्यो बच्चीलाई कसैको जिम्मा लगाउ मैले आफ्नो जारको बालख पाल्न सक्दैन ।’ बेलारामले आफ्नो पक्ष प्रष्ट पार्यो ।

उनिहरू दुबैजनाको केही महिनादेखी प्रेम सम्बन्ध गाडा हुँदै गएको थियो । शाँझिको दोस्रो घरबार पनि बिग्रिएर माइतिमै बसेकी थिई । उस्लाई बेलाराम जस्तो हुनेखाने केटा भबिश्यमा पाउँन कठिन थियो । अहिले कुनैपनि हालतमा उस्लाई छाड्ने मनसायमा उ थिइन ।

‘हस् म कतै परिपाटी मिलाएर आउँछु ।’ अलिवेर सोंचेपछि शाँझी त्यहाँबाट निस्किइ ।

रात छिप्पिनै थालेपछि ऊ एक्लै झोला बोकेर बेलारामले बोलाएको ठाउँमा पुगी । त्यहाँ बेलाराम आउँन नपाउँदै ऊ भन्दा पहिल्यै प्रहरी पुग्यो र शाँझिलाई गिरफ्तार गर्यो ।

करिब नौँ महिंनाकी छोरीलाई ऊँखुको बारीबाट प्रहरीले राती मै सुरक्षित बरामद गर्यो ।

 

वि.सं.२०८० असोज २७ शनिवार ०८:५० मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...