back

कविता : खुलासा

वि.सं.२०८० असोज २७ शनिवार

876 

shares
NTC AD
Global IME AD

कुञ्ज देवी उपाध्याय,असम, भारत

छोडेर आएको कुहिरोतिर
फर्केर नहेर अब
सुकेको बालुवामा
काँस फुलेको छ

बिहानिको घाम सँगै
बिउँझीन्छ धरती
लुकाएर लुक्दैन असफलताको अँध्यारो

सत्यको मुख बन्द गर्ने प्रयास जति बढ्छ
झन् खुलासा हुँदै जान्छ असत्य
चुप्प लागेर बस्नुको मतलब
गल्तीलाई प्रोत्साहन दिने हो

लगाउँदा लगाउँदै प्वाल परेको
कमेज हो जीवन
जतिनै ढाके पनि
भित्री अंग प्रदर्शन गर्न कसुर छोड्दैन

अहंकारको अग्लो खाँबोमा चडेर
आकाशतिर हेर
ऊ नतमस्तक भएर पृथ्वीतर्फ
हेरी रहेको हुन्छ

घरको इज्जत लिलाम गर्दा
जातीय अस्तित्व लिलाम हुन्छ
त्यसैले त टाउँकोमा बस्छ बहिरागतको
गिद्धे नजर

फैलाउनको लागि खोजी हिँड्छ खबर हावाले
महानगरको अट्रालिका होस् अथवा पाँच तारे होटल

कलंक लेख्न काफी छ एउटै रात
इतिहास युग बितिसक्दा पनि लेखि सकिन्दैन
निमुखो नखाई मरे पनि कसैले खबर राख्दैन
नेताको संवाद सूर्यको किरण झैँ फैलिन्छ

नेताहरु चोर नहुन्थे भने
देश , देश भइ रहने थियो !
देशै भएर रहने थियो !!

 

वि.सं.२०८० असोज २७ शनिवार ०८:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...