back

लघुकथा : विकास

वि.सं.२०८० असोज २७ शनिवार

1.6K 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

नवराज न्यौपाने ’मौन’,मातातीर्थ, काठमाडौं

शिवलालको चिया पसलमा बूढापाकाहरु सदा झैं आज पनि जम्मा भएका छन् । उनीहरु विगत र वर्तमानको समीक्षा गर्दै गफिइरहेका छन् ।

“हेर्नुस् न! अचेल धेरै विकास भयो भन्छन्,तर कतिपय राम्रा पक्षहरुको विनाश भइरहेको छ । पर्यावरण मात्र होइन, हाम्रा राम्रा चालचलन र संस्कार पनि नाशिदै गएका छन् ।“ पण्डित कूलप्रसादले भने ।

‘हो नि हजुर ! जलवायु परिवर्तनले गर्दा मौसम पनि असन्तुलित भयो । पश्चिमा सभ्यताले गर्दा हाम्रा लोकसंस्कार पनि धरापमा परेका छन् । हाम्रा पालामा पैसा नभए पनि जिन्दगी राम्ररी चलेको थियो । नून र कपडा मात्र किनिन्थ्यो । अरु सबै घरमा नै उत्पादन हुन्थ्यो । रोगव्याधि पनि केही लाग्दैनथ्यो । अचेल त हरेक काममा पैसा नभई काम नै चल्दैन ।’ कविराज ईन्द्रविलासले सही थापे ।

‘हो, अचेल सबैखाले सुविधा उपलब्ध छ । तर पनि मान्छे सुखी र खुशी छैनन् । पर्मओर्म र निमेकमा काम नहुने र पैसामा श्रम गर्ने प्रचलनले गर्दा लागत मुल्यभन्दा उत्पादन मूल्य घटी हुने भएकोले खेतीपाती र पशुपालन कार्य छोडेर सबै विदेश हान्निएका छन् । अनि उताबाट आएको विप्रेषण रकम सर्वन्न कुरा किनेर खाँदा सकिन्छ ।’ कूलप्रसादले भने ।

‘गामका मान्छेजति बेसी झरे र बेसीका मान्छेजति सदरमुकाम,मधेश र काठमाडौं सरे । खेतबारी पनि रित्तै, गोठ पनि रित्तै !’ ईन्द्रविलासले थपे ।

‘एअरपोर्टमा हरेक दिन विदेशबाट तीनदेखि पाँचवटासम्म लाशको बाकस आउँछ रे नि!’ खरिदार विष्णुप्रसाद प्वाक्क बोले ।

ठीक यसैबेला रेडियोले इजरायलमा हमास विद्रोहीको रकेटबम आक्रमणमा परी दशजना नेपाली विद्यार्थीको निधन भएको समाचार फुक्यो । बूढाहरुको कुरा र रेडियोको समाचार सुनेर चिया पसल्नी विदेशमा रहेका छोराहरुलाई सम्झेर आँसु झार्दै थिइन् ।

 

वि.सं.२०८० असोज २७ शनिवार ०८:५२ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...