back

मुक्तक

वि.सं.२०८० असोज २७ शनिवार

594 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

दिपक पनेरु, सागरनाथ, सर्लाही

१.
मेरो यादले सतायो भने हताश नहुनु प्रिय
तिमी खडा मेरो तस्बीरको पास नहुनु प्रिय
दर्पणमा आफ्नो हँसिलो मुहार हेर्दा तिमीले
यदि म नजर आएँ भने उदास नहुनु प्रिय ।


जीवनको यात्रामा प्रिय व्यक्तिहरु गुमाउनु पर्दोरहेछ
खुशीको हाँसो छर्न नपाउँदै दुखी भई रुनु पर्दोरहेछ
साँस छउञ्जेल बाँच्नैपर्ने बाध्यता मर्नु कायरता हो रे
भाविको लेखान्त अघि सबले विवश हुनु पर्दोरहेछ ।


शैतान बस्ने शहरमा किन भगवान खोज्छौ तिमी
पत्थर मन हुनेबाट आफ्नो गुणगान खोज्छौ तिमी
बिति सक्यो त्यो काल जब आफन्त सब मिली बस्थे
आफ्नैबाट तिरस्कृत भई पराईको मान खोज्छौ तिमी ।


कठिन छ जिन्दगीको यात्रा साथ हरपल दिनु प्रिया
कमजोर भई ढल्न खोजे तिम्ले मलाई बल दिनु प्रिया
गर्छु विन्ती मात्र एउटा साथ कहिले नछोड्नु मेरो
दुःख सुख जस्तो भएपनि समस्याको हल दिनु प्रिया ।


डुबेर मर्नै पर्ने कुरा भयो जवानीको लागि
मधुशाला छोडेर आउनु पर्यो पानीको लागि
मिटाएर आफुलाई म ढल्नु पर्यो उसैमा
उसको साथ जरुरी थियोे कहानीको लागि ।

वि.सं.२०८० असोज २७ शनिवार ०८:५३ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...