back

मुक्तक

वि.सं.२०८० असोज २७ शनिवार

546 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

गोविन्द शाही, कालिकोट

१.
यति भन तिमी खास के चाहान्छौ
बनाएर ज्यँुदै लास के चाहान्छौ
एक हातले ताली बज्न सम्भबै छैन
माया लिन्छौ कि अवकास के चाहन्छौ

२.
मन मुटुले रोजेको पाउनु यति भए पुग्छ
मलाई जस्तै न सताउनु यति भए पुग्छ
जिन्दगिमा आउन अब सम्भब छैन प्रीया
कैले काहीँ सपनिमा आउनु यति भए पुग्छ

३.
आयौ किन गयौ किन भनिदेउ न बिन्ति
केही थियो र लिन दिन भनिदेउ न बिन्ति
पहिलो अनि अन्तिम प्रेम तिमी नै हौ मेरो
म तिम्रो केही थिए थिन भनिदेउ न बिन्ति

४.
सिक्नुछ भने नयाँ कुरा बाधा रोज्नुहोस्
थोरै होस तर मीठो होस आधा रोज्नुहोस्
अरुले भरेको रङमा खासै आँच आउदैन
चाहेको रङ भर्नु छ भने साधा रोज्नुहोस्

५.
भएपनी सम्पर्क बिहिन कहाँ बिर्सिन्छु
समाज मिलि हेपेको दिन कहाँ बिर्सिन्छु
बरु म आफन्त, साथिभाई बिर्सिन सक्छु
घरमा मेरि आमा छिन कहाँ बिर्सिन्छु

 

वि.सं.२०८० असोज २७ शनिवार ०८:५७ मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...