back

गजल

वि.सं.२०८० असोज २७ शनिवार

873 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

जानुका गुरागाईँ, विर्तामोड, झापा

नजाने चल्न तालमा बेकार बन्छ जिन्दगी
छरे सुवास प्रेमका बहार बन्छ जिन्दगी

किताबको किरो बनी पढेर मात्र हुन्छ के
चलेन बुद्धिले भने गँवार बन्छ जिन्दगी

गरेर घात प्रेममा विषाक्त घोल छर्कँदा
सिसासरी फुटी स्वयम् कटार बन्छ जिन्दगी

हटाई द्वेष भावना बन्यो भने स्वयम्सेवक
मेटिन्छ तिर्सना सधैँ इनार बन्छ जिन्दगी

भएर ज्ञान आफूमा गरेन सिर्जना भने
न काम न काजको कुँडार बन्छ जिन्दगी

बहर : हजज मुसम्मन मक्बुज
अर्कान : १२१२ – १२१२ – १२१२ – १२१२

लेखकको परिवेशका सुसेली गजल सङ्ग्रहबाट लिइएको

वि.सं.२०८० असोज २७ शनिवार ०९:१० मा प्रकाशित

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कारका लागि ११ जना छनौट

काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन...

कविता : जसरी नि सफल हुनु छ आमा

कविता : जसरी नि सफल हुनु छ आमा

कोपिला बर्देवा, काठमाडौं मलाई जसरी पनि सफल हुनुछ किनकी, आमालाई...

लघुकथा : साहुकार

लघुकथा : साहुकार

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बा ! उनीहरू...

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन सम्पन्न

काठमाडौं । सगरमाथा साहित्य प्रतिष्ठानको महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै...

कविता : नियति गति

कविता : नियति गति

कल्पना भट्टराई, काठमाडौं कता जाने होला अलमल परेको छु पथमा...

टुक्का कविता

टुक्का कविता

कार्की डिबी माकुम सुनवल–४, नवलपरासी १. घुम्दै छ जीवन सधैँ...