Logo
२७ श्रावण २०७९, शुक्रबार
     Fri Aug 12 2022
E-paper
  English Edition
   Unicode
Logo

मैले पनि आमाको तस्विर राखेको छु



govinda-pokhrelसन्दर्भ आमाको मुख हेर्ने दिन । जता ततै आमै आमा । आमाका फोटा नै फोटाहरु । धन्य ति आमाहरु जसको घरमा बत्ति बलेको छ । पानीको समस्या छैन । छोराहरुले विदेशी भूमिमा बुट खाएर भएपनि घरमा उज्यालो देखाएका छन । यसैभित्र कतिपय ती नारीहरुको ओठमा हाँसो कहिल्यै आउन सकेन । श्रीमान विदेशी भूमिमा, दुःखै पाएका छन भनेर बुझेका ति नारीहरु । लाग्छ जसले विदेशबाट श्रीमानले धन प्रशस्तै पठाएपनि राम्रो लुगा लगाउन मानेनन् । जसले राम्रोसँग पेटभरी खाना समेत खाएनन् । त्यस्ता बाबा आमा र बुहारीहरुका लागि यो कस्तो पर्व ? जसको संसारै अध्यारो छ ।

बालकहरु राम्रो सँस्कारमा हुर्केकाले कहिल्यै आमाहरुसँग झगडा गरेनन् । जस्तो आमाहरुले सिकाए त्यस्तै भएर ज्ञानी बनिदिदा उनीहरुले यस्ता पर्वहरुको महत्व के हो ? पत्तै पाएनन् । सकेको पढे र भगवानसँग प्राथाना गरिरहे, हामीले पनी बाबाले जस्तै विदेशमा दुःख पाउन नपरोस भनेर, सोचिरहे । केही राम्रो गर्ने सोंच बनाए ।

त्यो छोरा जसले दिनरात, त्यो पनि विदेशी भूमिमा खुन र पसिना बगाएको छ, उसले आमाको, श्रीमतीको, छोराछोरीको र बुबाको तस्विर हेरेर टलपल टलपल रोइरहेको छ । अन्धकारमय सांसारिक जीवनको अध्यारोलाई चिरफार गर्दै उज्यालो छर्ने प्रयास गरेको छ, उसका लागि यी र यस्ता पर्वहरुले कति पिरल्दो हो ?

सम्झदै आमालाई टोलाएर बस्ने वास्तबिक नेपाली सपुतहरुले ठूलो मनोकाँक्षा बोकेर देखेको सपना कहिले साकार होला ! की नहोला ? भन्ने सोच्नुपर्ने वाध्यात्मक परिस्थिति नेपालको राजनैतिक उथलपुथलले देखाएको छ । यो मुलुकको समृद्धि आउने आसामा रमाउने यहाँ धेरै छन । तर, केहीले यो मुलुकको चीरहरण गरिरहेका छन अनि दाउ हेरिरहेका छन ।

इस पंक्तिकारले पनि नेपालको मुहार फेरिएको देख्ने ठूलो सपना देखेको छ । तर कसरी ? को द्वारा ? कसका लागि ? किन ? भन्ने प्रश्नहरुको भुमरी भने दिमागी भड्खालो भित्र घुमिरहन्छ ।
देशको प्रधानमन्त्रीले मुलुकको विकासका लागि चिन्ता त गर्छन, होला । तर उनी सम्बन्धित दलको सभापति÷अध्यक्ष पनि हुन भने नेपाली जनता भन्दा बढी पार्टीका कार्यकर्ताको सुर्ताले सताउछ । अनि कसरी फेरिएला नेपाल आमाको मुहार ?

कुनैपनि विभाग जोडीएको विकासमन्त्री पार्टीको घोषणापत्रको काम गर्ने प्रतिबद्धता सहित मन्त्री बन्छ । मन्त्री बनेपछि कार्यकर्तामुखि बन्नै पर्छ । उ कहिल्यै पनि जनमुखि बन्न सक्दैन । व्यक्तिगत पहिचानका लागि मुड्की बजार्छ । अनि फेरिएला त नेपाल आमाको मुहार ? के यो देशले विकासको गति ले ला ?

प्रधानमन्त्रीबाट नभए राष्ट्रपतिबाट केहि होला, भन्ने पारामा सोझा नेपाली जनता छन त छन । धेरै कमको संख्यामा छन यस्ता । विचरा सोझा सिधा नेपाली जनता । जुन देशमा कार्यकारी प्रमुखको हैसीयत प्रमलाई छ, त्यहाँ राष्ट्रपतिको केही काम छैन । आखिर को द्वारा यो मुलुकको मुहार फेरिएला ? अनि कसको सोँचले यो देश फेरिएला ?

गाउँमा जान्ने सुन्ने कोही बनिहाल्यो भने, त्यहाँको टाठो बाठो कहलाउदो नेता बन्ने दौडमा दौडीएकाले उसलाई कसरी विदेशतिर धकेल्ने पछि परी हाल्छ । गाउलेहरुको सुख दुःखको साथी जस्तै बनेको नेपाली छोरो, प्रवासी अप्रवासी नेपाली बन्न वाध्य हुन्छ । अनि यहाँ प्रश्न उब्जिन्छ, कसका लागि ? नेपाली जनता जसले नेपाल आमालाई छातिमा च्यापेर बाँचीरहेका छन, ती त सबै विदेशी भुमिमा पो छन । कोहि ठूला देशमा गएका ठुला लाहुरे । कोहि डलर देख्न नपाउने भारुमै रमाउने साना लाहुरे । लाहुरे ठगेर यो देश हाँक्न पुगेका ठूलाबडा, भद्र भलाद्मी तै खाँ–मै खान्छु । मामाको धन, फुपुको श्राद्ध । अनि कसका लागि मुलुकको विकास आवश्यक छ ? भन्ने प्रश्न यहानेर तेर्सिनु स्वाभाविकै हो ।

गाउका सोझा लाहुरे ठगियो । सहराँ आईयो । काठमाडौंमा बस्याँ छ । भोलि चुनाउका बेलाँ गाउमा गएसी नेता त्यसै भईन्छ । सहराँको कुरा सुनाइन्छ । गाउँले त्यसै मख्ख पर्छन । पार्टिको टिकट हामीले नपाए, कस्ले पो पाउला र ? विकास त भएकै छ । हिजो पैदल हिड्ने जिप चढेकै छन, गाउँमा पनि । अनि किन गर्ने काम ? त्यसै खान पाएसी माम ।
यी र यस्ता पर्व लाहुरे ठगि खाने । सोझा जनतामाथी रजाँई गर्ने । जान्ने सुन्ने भैसकेका नेपाल आमाका छोराहरुलाई लाहुरे बन्न बाध्य बनाउनेहरुका लागि हुन सक्छ । तर सच्चा नेपाली जसको यो मुलुकप्रति धेरै भन्दा धेरै लगाव छ, उसका लागि त खै कुन्नी….?

कुरा सत्य हो, भनिन्छ नी, जननी जन्मभुमीश्च–स्वर्गादपी गरियसी जन्मदिने आमा र आफु जन्मिएको देश, स्वर्ग भन्दापनि प्यारो हुन्छ । नबुझ्ने कमै होलान, तर बुझेर बुझपचाउने यहाँ धेरै छन ।

मैले पनि हाम्रो आमाको तस्विर राखेको छु, यो लेखसँगै जोडेर । धन्य हाम्रो आमा हाम्रो संसार सधैभरि साष्टाङ्ग दण्डवत हाम्रो नेपाल आमाप्रति । मलाई गर्व छ नेपाली भएर बाँच्नुमा ।

लेखक : भारतदेखि नेपालका लागि ढुवानीको काम गर्छन । अर्घाखाँचीको ढिकुरा घर भएका उनी, बुटवल उपमहानगर पालिका आदर्श नगरमा बस्छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेर जाने सहमति गरेका दलहरुबीच सिट बाँडफाँटमा

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै मुलुक चुनावी विषयले तात्तिएको छ

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको