back
CTIZAN AD

मतदाता भन्छन हाम्रालाइ होइन राम्रालाइ मतदान

वि.सं.२०७४ वैशाख १३ बुधवार

750 

shares

१३ वैशाख, रामपुर (पाल्पा) । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा पाल्पाका मतदाताले दलगत नभइ योग्य व्यक्तिलाई छनोट गरेर मतदान गर्ने बताएका छन् ।

दलगत रुपमा मतदान गर्दै आएका यहाँका मतदाता यस पटकको निर्वाचनमा योग्य उम्मेदवार छनोट गरी मतदान गर्ने तयारीमा जुटेका छन् । उनीहरु पार्टीगत स्वार्थमा नलागेर असल योग्य उम्मेदवारलाई मतदान गर्ने चुनावी माहोलमा जुटेका छन् । निस्वार्थी रुपमा स्थानीयस्तरको समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई मतदान गरी विजयी गराउने सोचमा रहेको रामपुरकी तुलसी रेग्मी बताउनुहुन्छ ।

दलित, जनजाती, शोषित पीडित वर्गका नागरिकको हितमा रहेर काम गर्ने व्यक्तिलाई मात्र मतदान गर्ने पक्षमा मतदाता रहेको उहाँले बताउनुभयो । योग्य उम्मेदवारले नेतृत्व गरेको खण्डमा गाउँ तथा नगरको विकासले फड्को मार्ने आशाले मतदाताले सक्षम व्यक्ति हेरेर मात्र भोट दिने सोच बनाएका छन् ।

“निर्वाचन हुनुभन्दा पहिला अनेकौ आश्वासन दिएर गाउँगाउँमा उम्मेदवार आउँछन् चुनाव जितेपछि समाजको विकास भन्दा व्यक्तिगत स्वार्थ पूरा गर्नेतर्फ लाग्छन्,” रेग्मीले भन्नुभयो ।

सहर केन्द्रित नेता चुनावी माहोलमा मात्र गाउँ÷गाउँमा भोट माग्न जाने गरेका छन् । “यसअघिका निर्वाचनमा पार्टीगत रुपमा मतदान गरियो, अबको चुनावमा पार्टीगत नभइ असल नेतृत्वकर्ता छनोट गरेर मात्र मतदान गर्ने सोच छ,” वेदराज ढुङ्गानाले भन्नुभयो ।

चुनावी माहोल बढ्दै जाँदा जागिर लगाइदिने, झुट्टो आश्वासन दिएर मतदान गर्न दलका नेता कार्यकर्ताले बारम्बार अनुरोध गर्ने गरेका मुना आले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“पहिला जागिरको लागि धेरै ठाउँमा भौतारिँदा कसैले वास्ता गरेनन्, अहिले चुनावी सरगर्मी बढ्दै जाँदा बारम्बार जागिर लगाइदिने भनेर झुट्टा आश्वासन दिइरहेका छन् ।”

स्थानीयवासीले नै चयन गरेको योग्य व्यक्तिले गाउँको विकास निर्माणलगायतका विभिन्न कार्यमा नेतृत्व गर्ने भएकोले पनि यहाँका मतदाताले यस पटकको निर्वाचनलाई विशेष महत्वका रुपमा लिएका छन् । यहाँका राजनीतिक दलका नेता भने गाउँ÷गाउँमा प्रचारप्रसारमा व्यस्त देखिन्छन् ।

पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिकामा गरी कुल एक लाख ६७ हजार आठ सय ४७ मतदाता रहेका छन् । पुरुष मतदाता ८० हजार ५४ तथा महिला मतदाता ८७ हजार सात सय ९२ रहेका छन् । एक जना तेस्रो लिङ्गी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिनुभयो ।

वि.सं.२०७४ वैशाख १३ बुधवार ११:२१ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...