back

गल्कोट समाज युएईद्धारा जगरबहादुर खड्कालाई आर्थिक सहयोग

वि.सं.२०७४ वैशाख १३ बुधवार

108 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

galkot-samaj-uae-donationविगत दुई बर्षदेखि मुटुको रोगबाट पीडित बागलुङ दुधिलाभांटी काफलठुटा–३, निवासी जगरबहादुर खड्कालाई गल्कोट समाज युएईद्धारा स्वास्थ्य उपचारका लागि ४० हजार रुपैयां आर्थिक सहयोग गरेको छ । निजको घर स्थिति नाजुक भएकाले समाजलाई सहयोगको अपिल गरेपछि सो रकम सहयोग गरेको हो । उनको उपचार भारत, काठमाण्डौं र पोखराका अस्पतालहरुमा गरि रहिएको छ ।
उक्त रकम समाजका कोषाध्यक्ष निर्दोष खत्री र गम भण्डारीको पहलमा संकलन गरिइएको थियो । जसमा १२ जनामध्ये आ–आफ्नो शक्ति र सम्भव अनुसार सहयोग गर्नेहरुको नामावली यस प्रकार रहेका छन् । लालबहादुर खड्का दिराम ५००, गम भण्डारी १८०, गोरख खड्का १००, कर्णबहादुर खड्का १००, कृष्ण भण्डारी १०१, यामबहादुर खड्का १००, सागर शर्मा १००, लिलाबहादुर थापा ७५, निर्दोष खत्री ६५, धन श्रीस ५०, पुष्पराज महतो ३० र कमल खत्रीबाट ३० दिराम सहयोग भएको हो ।
सो रकम युएईबाट समाजले सोही गाउंमा बसोबास गरेका समाजसेवी तथा बुद्धिजीवी जीवन भण्डारीलाई पठाई दिएपछि पीडितलाई हस्तान्तरण गरिएको थियो । पीडितको घरमा श्रीमति २ छोरा र एक छोरी रहेका छन् । अहिलेसम्म उपचार गर्ने क्रममा लगभग ३० लाख जति खर्च भईसकेको जानकारीमा आएको छ ।

वि.सं.२०७४ वैशाख १३ बुधवार १४:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...