back

दसैमा यस्ता खानेकुरामा जोड दिन स्वास्थ्य मन्त्रालयको सुझाव

वि.सं.२०८० कात्तिक ३ शुक्रवार

1.2K 

shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल दसैंलगायतका चाडपर्वमा स्वास्थ्यमा ध्यान दिँदै सेतो मासु, फलफूल, रेशादारलगायतका खानेकुरामा बढी जोड दिन आग्रह गरेको छ ।

चाडपर्वका बेलामा असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या आउने बताउँदै स्वास्थ्यमैत्री जीवनशैलीमा जोडदिन अनुरोध गरेको हो ।

त्यसैगरी मन्त्रालयले सार्वजनिक विदाका दिनहरुमा पनि अस्पपतालहरुमा आकस्मिक चिकित्सकीय समूह (इएमटी) आधारभूत आकस्मिक मेडिकल प्राविधिक (बिइएमटी) एम्बुलेन्स आदि तयारी अवस्थामा राख्न सम्बन्धीत सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले स्वास्थ्य सम्बन्धी जानकारी चाहिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ मा सम्पर्क गर्न समेत जानकारी दिएको छ ।

 

वि.सं.२०८० कात्तिक ३ शुक्रवार १५:०३ मा प्रकाशित

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले...

आज ३६औँ विश्व एड्स दिवस मनाइँदै

आज ३६औँ विश्व एड्स दिवस मनाइँदै

काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा...

मुगुमा अक्कुपञ्चर सेवा थालनी

मुगुमा अक्कुपञ्चर सेवा थालनी

मुगु । आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले अक्कुपञ्चर सेवा थालनी गरेको...

खेर जाँदै कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप

खेर जाँदै कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप

काठमाडौँ । कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर...