back

 बाबाको चतुरे

वि.सं.२०८० कात्तिक ३ शुक्रवार

1.9K 

shares

म आफुलाइ भाग्यमानी सम्झन्छु । किनकी अहिले पनि म संयुक्त परिवारमा हुर्कने मौका पाँए । त्यसमा पनि अझ बाबाकी हजुर आमा मेरिजिजु आमासङ्ग ।

म बा¥ह बर्षको हुँदा जिजु आमा एकसय बर्षमा बित्नु भो । उहाँले छोडेर गएपनि उहाँले भोगेका भोगाइ, त्यो बेलाका तमाम सम्झना हामिलाइ शिक्षाको रुपमा दिएर जानू भएको छ ।

उहाँले मलाइ सुनाउनु भएका कति कुरा त मैले यस अघिपनि लेखेकी छु । आजचाही जिजुआमाले मेरा बाबा उहाँका जेठा नाति बारे सुनाएको रमाइलो कहानी सुनाउछु ।

जिजु आमाका अनुसार बाबालाइ सानैदेखी गोरु जुधाउने सोख थियो रे ! घरमा सधै २० बटा जति गाई र चार बटा गोरु हुन्थे रे ! ती मध्ये बाबाकै दौँतरी जस्तै थियो रे चतुरे गोरु । घरकै चहरी गाइको छोरो । चहरी गाइले अरु कौडे र तारे गोरु पनि जन्माएको थियो रे ! कौडे र तारे अनि बाबाका रोचक कहानी पछि सुनाउला । अहिले चतुरे र बाबाको कहानी सुनाउछु ।
चतुरे सुरु सुरुमा सोझो, छिमेकका गोरुसङ्ग नजुध्ने सुधो गोरु थियो रे ! पछि ठूलो हुँदा जादा र बाबाको विशेष हेरचाह पाएपछि चतुरे सुरो र लडाकु हुँदै गएको जिजुआमा बताउनुहुन्थ्यो ।

पछि त यति लडाकु भयो रे कि ! छल्दी, रोदि र अरादिका फाटमा एकसमय चतुरेकै चर्चा हुन्थ्यो रे ! कालो र सिन्दुरे रङ्गको थियो रे चतुरे । सिङ्ग तिखा, ठाडा र बलिया भएकोले पनि उ जुधाइमा अब्बल भएको भन्नुहुन्थ्यो जिजुआमाले । उसको जुरो एक मिटर अग्लो थियो रे !

असाध्यै मिलेको अग्लो र छुट्काइलो शरीर, बलियो गर्धन र आँखा असाध्यै तिखा भएकोले जिजुआमा आफैले उसको नाम चतुरे राख्दिनु भएको भन्नुहुन्थ्यो ।

अब रह्यो बाबा र चतुरेको कहानी । अरुबेला त बाबा स्कुल जानुपर्ने भएकोले शनिबार र अरु बिदामा मात्रै गाई चराउन जान पाहुनुहुथ्यो । हजुर आमा भन्नुहुन्थ्यो – महि पारेको दिन बाबाले चोरेरै भएपनि चतुरेलाइ घ्यु खुवाउनु हुन्थ्यो ।

बर्षभरिलाइ भनेर तोरि, आलस पेलेर ल्याएको तेल चोरी चोरी चतुरेलाइ खुवाएर छ महिनामै सकाइदिनुहुन्थ्यो ।

बाबाको चतुरेसङ्ग यति लगाब थियो रे कि, राती सबै सुतेपछी भण्डारबाट चामल, पिठो निकालेर चतुरेलाइ खुवाएपछि मात्रै बाबा सुत्नुहुन्थ्यो रे । तेल, घ्यु, पिठो जे भेटेपनि बाबाले चतुरेलाइ खुवाउनु हुन्थ्यो रे ! एकदिन त बाबाले घरमा पकाएको मासु समेत चतुरेको ताउलोमा हालेर खुवाउन् खोज्नु भएछ । तर चतुरेले त्यो मासु नखाएको देखेर त्यसलाइ मीठो बनाउन अरु मसला समेत थप्दै गर्दा जिजुआमाले भेट्नु भएछ ।

बाबाको उमेर सङ्गै चतुरे पनि बड्दै गएछ । बाबा आठ कक्षा पढ्दा चतुरे पनि आठ बर्षको भएछ । त्यतिबेलासम्म धुर्कोट र इस्माका फाटमा चतुरेको चर्चा सुरु भैसकेछ । चतुरेले दिलाएको चर्चाले बाबाले उसलाइ झन धेरै देखभाल गर्न लाग्नु भएछ । पछि पछि त गोरु जुधाइमा चतुरे आफ्नो फाटको च्याम्पियन भएछ ।

जिजुआमाका अनुसार – बाबाले चतुरेलाइ जत्ती माया गर्नुहुन्थ्यो त्यो भन्दा धेरै माया चतुरेले बाबालाइ पनि गर्दथ्यो रे ! कहिलेकाही जोत्ने बेलामा गाउका बलिया बलिया दसजना हलिदाइहरुले समेत उसको काधमा जुवा लगाउन सक्दैन्थेरे तर बाबाले चतुरे भनेपछी सब रिस छोडेर शान्त भएर जुवा राख्न दिन्थ्यो रे ! कहिलेकाहीँ गाइको हुलबाट कसैले छुटाउन नसकेको चतुरे बाबाले चतुरे भनेपछी लुरुक्क भकारोतिर लाग्थ्यो रे !

उसका दुई भाइ तारे र कौडे लडाकु नहोउन्जेल चतुरेनै गोरु जुधाइ च्याम्पियन थियो रे ! पछि उ आफ्नै भाइहरुसङ्ग जुध्न थालेपछी गोठमा शान्ती कायम गर्न जिजुबुवाले उसलाइ पल्लो गाउको किसानलाइ बेचिदिनु भएछ । बेलुका बाबा स्कुलबाट आउँदा बाबाले चतुरेलाइ बेचेको थाहा पाएपछी एक सातासम्म खाना खान र स्कुल जाननै छोड्दिनु भएछ । पछि बुवाले सम्झाएपछी बाबाले तारे र कौडेलाइ फेरि उस्तै लडाकु बनाउन लाग्नु भएछ ।
विदीषा पाण्डे, कक्षा ९

 

वि.सं.२०८० कात्तिक ३ शुक्रवार १५:०८ मा प्रकाशित

कोपिला

कोपिला

केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक, गोरखा १. विकृति फैलिएर गयो राजनीति...

लघुकथा : घृणा र प्रेम

लघुकथा : घृणा र प्रेम

कल्पना भण्डारी सिन्धुपाल्चोक, हाल - काठमाडौं ‘गौरी दिदी भोलि त...

कोपिला\डाली

कोपिला\डाली

गणेश लोहनी, चितवन हाल काठमाडौं १ साधनाले सिद्धि मिल्यो ध्यान...

कथा : दानी

कथा : दानी

बाढीपीडितका लागी चन्दा संकलन भैरहेको थियो । केही जनसेवकहरूले संगित...

मुक्तक

मुक्तक

रुद्र अधिकारी, विशालनगर, काठमाडौँ १. अँध्यारोमै राख्ने अन्धकारलाई हेर्नु पर्छ...

लघुकथा : अभुक्त

लघुकथा : अभुक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ए बुढा खै !...